Skip to content
Shikhar Insurance
National Life

अर्थतन्त्रलाई बलियो बनाउन स्वदेशी उत्पादनलाई बढवा दिने नीति तथा कार्यक्रम ल्याउनुपर्छः मुख्यमन्त्री चौधरी

Hyundai
NCELL
NIMB

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले स्वदेशी उत्पादनलाई बढवा दिने नीति तथा कार्यक्रममा ल्याउनुपर्नेमा जोड दिएका छन्। सिंहदरबारस्थित योजना आयोगको कार्यालयमा उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठसँगको भेटमा मुख्यमन्त्री चौधरीले स्वदेशी उत्पादन प्रवद्र्धन हुने र रोजगारी सिर्जना हुने कार्यक्रम बनाउन भूमिका खेल्न आयोगसमक्ष अनुरोध गरे।

मुख्यमन्त्री चौधरीले अहिले विदेशी मदिराले नेपालको बजारमा प्रशस्त रहेको तर नेपालमै उत्पादन हुने मदिराको भने कुनै मूल्य नरहेको बताए।उनले स्वदेशी उत्पादन धेरै राम्रा भए पनि हामीले मार्केटिङ गर्न नसकेको भन्दै अब हरेक स्वदेशी उत्पादनलाई प्राथमिकतामा राख्नुपर्ने बताए।

भेटमा उपाध्यक्ष डा श्रेष्ठले आन्तरिक उत्पादन बढाउनु नै आजको आवश्यकता रहेको बताए। अर्थतन्त्रलाई बलियो बनाउन पनि स्वदेशी उत्पादनलाई जोड दिनुपर्ने बताउँदै उनले स्वदेशी उत्पादन र रोजगारी सिर्जना हुने परियोजनालाई प्राथमिकतामा राखेर अर्थतन्त्रलाई बलियो बनाउनुपर्ने धारणा राखेका थिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्