Skip to content
Shikhar Insurance
National Life

अर्गानिक मलखाद उत्पादन गर्न साना उद्योग खोल्ने जर्मनी कम्पनीको प्रस्ताव

Hyundai
NCELL
NIMB

धनुषा । मधेस प्रदेशका ८ वटै जिल्लाका स्थानीय तहका सबै वडामा जैविक प्रविधिबाट अर्गानिक मलखाद उत्पादन गर्न साना उद्योग सञ्चालन हुने भएको छ ।

अर्गानिक मलखाद उत्पादनका लागि उद्योग सञ्चालनको प्रस्ताव जर्मनीको ‘वेल्ट हङ्गर हाइल्फ’ नामक संस्थाले गरेको मधेस प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री वसन्त कुशवाहाले जानकारी दिए ।

उनका अनुसार जर्मनीको उक्त कम्पनीले मधेसका सबै एक हजार दुई सय ७० वडामा मलखादको साना उद्योग सञ्चालनको प्रस्ताव गरेको छ । दातृ संस्थाले जमिन र प्रयोग हुने शेडबाहेक उद्योग सञ्चालनका लागि सम्पूर्ण समान, मेसिन, प्रविधि र प्रशिक्षण आदि उपलब्ध गराउनेछ ।

सबै वडामा सञ्चालन हुने उद्योगबाट भएका उत्पादनले रासायनिक मललाई विस्थापन गरी जमिनको उर्वरा शक्ति बढाउने मन्त्री कुशवाहाले बताए। उनले भने, “रासायनिक मलमाथिको निर्भरता कम गर्न तथा अर्गानिक उत्पादनमा वृद्धि ल्याउन मधेस प्रदेशका सबै वडामा अर्गानिक मल उत्पादनका लागि उद्योग सञ्चालन गरिने भएको छ ।”

मन्त्री कुशवाहाले प्रस्तावअनुसार कार्यान्वयन पक्ष पनि अगाडि बढाइएको जानकारी दिए । उनले भने, “जमिन र भूमि उद्योग सञ्चालन गर्न चाहने किसान आफैँले बनाउनुपर्ने र त्यसबाहेक चाहिने मेसिन, प्रविधि र प्रशिक्षणलगायत सम्पूर्ण सामान दातृ निकायले उपलब्ध गराउनेछ ।”

उद्योग सञ्चालनका लागि इच्छुक किसान, समूह र संस्थालाई आवेदन पेस गर्न आह्वानसमेत गरिएको उनले बताए । मन्त्री कुशवाहाले उद्योग सञ्चालनका लागि इच्छुक व्यक्ति, समूह र संस्थालाई यही चैत २५ गतेभित्र सम्पर्क गर्न आह्वानसमेत गरिसकेका छन् । उनले सम्पर्कका लागि ९८१७६१९०६९, ९८१६३३९४९४ र ९८११२९७४६० नम्बरसमेत सार्वजनिक गरेका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्