Skip to content
Shikhar Insurance
National Life

अरुलाई दोष दिएर हुँदैन, सरकारको कार्यशैली बदल्नुपर्छ : महामन्त्री शर्मा

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारको कार्यशैलीलाई बदल्नुपर्ने दोहोर्‍याएका छन् । बुधबार महामन्त्री शर्माले मौन धारण गरेर सरकार सफल नहुने बताएका हुन् ।

उनले सरकार सफल हुने भनेकै कमी,कमजोरी केलाएर हुने भन्दै आफू संलग्न सरकारको सफलताको लागि बोल्नु आफूहरूको कर्तव्य रहेको बताए । उनले वर्तमान सरकार कायमै रहने भएकोले सरकारको कार्यशैली बदलेर अघि बढ्नुपर्नेमा जोड दिए ।

महामन्त्री शर्माले प्रधानमन्त्रीलाई काम गर्न गाह्रो परेको भए जो प्रधानमन्त्री उसकै पार्टीको टिम हुनेगरी सहमत हुनुपर्ने प्रश्ताव राखे । उनले एमालेबाट प्रधानमन्त्री हुँदा खेरी एमालेको टिम र काँग्रेसबाट प्रधानमन्त्री हुने बेलामा काँग्रेस टिम हुनेगरी सहमत हुनेगरी विकल्प प्रश्तुत गरे ।

उनले सबैभन्दा उत्तम विकल्प सरकारको गति बढाउनु नै रहेको जिकिर गरे । कुनैपनि बहाना बनाएर सरकारको कार्यसम्पादनमा भएको ढिलाइको दोष लगाउन नहुने बताए । उनले पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले दिनुभएको अभिव्यक्तिको जवाफ दिँदै सरकारको आलोचनालाई आक्रमण कम र सरकारको गति रूपान्तरणको लागि बोलिएको रूपमा हेर्न आग्रह गरेका छन् ।

उनले काँग्रेस सभापति शेरबहादुर देउवा समेत कामको गति बढाउनुपर्ने पक्षमा रहेको प्रस्ट पारे । उनले शिक्षकका माग सम्बोधन गर्न, गभर्नर नियुक्ति, एआइजी नियुक्ति लगायतका कामहरूमा अब ढिलाइ गर्न नहुने समेत जानकारी दिए ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्