काठमाडौं । अरुण भ्याली हाइड्रोपावर कम्पनी सेयरधनीलाई ८.४३१ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । कम्पनीको पुस २८ गते बसेको संचालक समितिको बैठकले सो निर्णय गरेको हो । कम्पनीले आर्थिक २०७८/७९ को संचित मुनाफाबाट चुक्तापुजीको ८ प्रतिशत बोनस र सोको कर प्रयोजन ०.४२१ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । प्रस्तावित लाभांश विद्युत नियमन आयोगको स्वीकृत पछि कम्पनीको आगामी साधारण सभाले परित गरेमा सेयरधनीमा वितरण हुनेछ ।
अरुण भ्याली हाइड्रोपावरले ८.४२ प्रतिशत लाभांश दिने, बोनस र नगद कति?

प्रतिक्रिया दिनुहोस्