Skip to content
Shikhar Insurance
National Life

अरुण भ्याली हाइड्रोपावरले लगानीकर्तालाई ८.४२१ प्रतिशत लाभांश घोषणा, नगद र बोनस कति?

Hyundai
NCELL
NIMB

काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । मंसिर १६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो।

कम्पनीले गत आर्थिक वर्षको मुनाफा र सञ्चितीबाटबाट सेयरधनीहरुलाई कुल ८.४२१ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।

कम्पनीले गत असार मसान्तसम्म कायम चुक्ता पूँजीको ८ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थका लागि ०.४२१ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

विद्युत नियमन आयोगबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश सेयरधनीहरुलाई वितरण गरिनेछ।

GBIME

प्रतिक्रिया दिनुहोस्