Skip to content
Shikhar Insurance
National Life

अरुण भ्याली हाइड्रोपवर शत प्रतिशत हकप्रद सेयर बाँडफाँड

Hyundai
NCELL
NIMB

काठमाडौं । अरुण भ्याली हाइड्रोपवर डेभलपमेन्ट कम्पनी लिमिटेडले फागुन १७ गतेदेखि चैत ७ गतेसम्म निष्काशन गरेको शत प्रतिशत हकप्रद सेयरको बाँडफाँड गरेको छ । कम्पनीले माघ १४ गते कायम सेयरधनीहरुको लागि १ः१ अनुपातमा १ करोड ८६ लाख ७९ हजार ६२६ कित्ता हकप्रद सेयर जारी गरेको हो ।

निष्काशित हकप्रदमा रितपूर्वक आवेदन दिने ३३ हजार ७१४ जना सेयरधनीहरुलाई १ करोड ६६ लाख ८७ हजार ४९२ कित्ता सेयर बाँडफाँड गरिएको छ । सेयर बाँडफाँड चैत्र २७ गते निष्काशनकर्ता कम्पनीको संचालक समितिले गरेको हो ।

साथै, आफ्नो कायम हकभन्दा बढी सेयर माग गरि दरखास्त दिने आवेदकहरुको हकमा बाँडफाँडमा नपरेको सेयर बापतको रकम चैत्र ३० गते शुक्रबार देखि आईपीएसमार्फत सम्बन्धित आवेदकको बैक खातामा पठाइने कम्पनीले एक सूचना मार्फत जानकारी गरेको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्