Skip to content
Shikhar Insurance
National Life

अरुण भ्यालीको हकप्रद सेयर आजदेखि बिक्रीमा

Hyundai
NCELL
NIMB

काठमाडौं । अरुण भ्याली हाइड्रोपावर लिमिटेडले हकप्रद सेयर आज (वैशाख १० गते) देखि बिक्री खुल्ला गरेको छ । कम्पनीले १ः१ को अनुपातमा बिक्री खुला गरेको सेयरमा पूर्ण आवेदन नपरेपछि बाँकी रहेको १९ लाख ९२ हजार १३४ कित्ता सेयर गोप्य शिलबन्दी बोलपत्रद्वारा बिक्री खुल्ला गर्न लागेको हो ।

सेयर जो कोहि व्यक्ति, कम्पनी, संघसंस्थाहरुले आवेदन दिन सक्नेछन् । सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ प्रतिकित्ता रहेको छ। खरिदकर्ताले प्रतिस्पर्धात्मक मूल्य कबोल गरी आवेदन दिनुपर्नेछ । बोलकबोल गर्दा न्यूनतम १०० कित्ता र अधिकतममा सबै कित्ता सेयरका लागि आवेदन दिन सकिनेछ ।

लगानीकर्ताले सेयरमा वैशाख २४ गतेसम्म कम्पनीको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल नक्साल काठमाडौं, मुक्तीनाथ विकास बैंकका तोकिएका शाखा ठिमी, कुमारीपाटी, विर्तामोड, विराटनगर, धरान, वीरगंज, जनकपुर, हेटौंडा, नारायणगढ, चिप्लेढुङ्गा, बाग्लुङ, बुटवल, घोराही, नेपालगंज, सुर्खेत, धनगढी र महेन्द्रनगर शाखाबाट दिन सकिनेछ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्