Skip to content
Shikhar Insurance
National Life

अरुण काबेली पावरले शतप्रतिशत हकप्रद सेयर निष्काशन गर्ने

Hyundai
NCELL
NIMB

काठमाडौं । अरुण काबेली पावरले शतप्रतिशत हकप्रद सेयर निष्काशन गर्ने अनुमति पाएको छ । कम्पनीलाई विद्युत नियमन आयोगले सो अनुमति शुक्रबार नै दिएको हो ।

अरुण काबेली पावरलाई आयोगले १ः१ को अनुपातमा हकप्रद सेयर निष्काशन गर्न पूर्व स्वीकृति दिएको हो । कम्पनीको ११ औं वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७७.०७८ को चुक्ता पुँजीमा प्रस्तावित १७ प्रतिशत बोनस सेयरपछि कायम हुन आउने चुक्ता पुँजीको शतप्रतिशत हकप्रद सेयर निष्काशन गर्ने विशेष प्रस्ताव पारित गरेको थियो ।

आयोगले हकप्रद सेयर निष्काशन पूर्व स्वीकृति दिएपनि धितोपत्र बार्डबाट भने स्वीकृति पाइसकेको छैन । अब धितोपत्र बोर्डमा आवेदन दिएर बोर्डले स्वीकृति दिएपछि कम्पनीले शतप्रतिशत हकप्रद सेयर निष्काशन तथा बिक्री खुल्ला गर्नेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्