Skip to content
Shikhar Insurance
National Life

अमेरिकामा कोरोना खोप लगाउनेलाई उल्टै एक सय डलर भत्ता

Hyundai
NCELL
NIMB

काठमाडौं अमेरिकामा कोरोना विरुद्धको खोप लगाउनेहरुले उल्टै एक सय डलर भत्ता पाउने भएका छन् । अमेरिकी राष्ट्रपति जो बाइडनले कोरोनाविरुद्धको खोप लगाउने व्यक्तिलाई १ सय डलर दिन राज्यहरुलाई आह्वान गरेका हुन् । कोरोनाको संक्रमण बढिरहेको र नागरिकहरुमा खोप लगाउने चाहना घटेपछि बाइडनले भत्ता आव्हान गरेका हुन् ।

राज्यहरुले कोरोना विरुद्ध खोप लगाउने नागरिकहरुलाई प्रति व्यक्ति एक सय डलर दिएमा सो रकम अमेरिका रेस्क्यु प्लानबाट सोधभर्ना पाउनेछन् । अमेरिकामा डेल्टा भेरियन्टको संक्रमण  व्यापक मात्रामा फैलिईरहेको छ । राष्ट्रपति जो बाइडनका प्रमुख चिकित्सा सल्लाहकार डा. एन्थोनी फाउचीले अमेरिका गलत दिशामा हिंडिरहेको बताईसकेका थिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्