Skip to content
Shikhar Insurance
National Life

अभिनेत्री कार्कीद्वारा नेपाल कै पहिलो पारिवारिक मनोरञ्जन पार्कको उद्घाटन

Hyundai
NCELL
NIMB

काठमाडौं । काठमाडौं धुम्बाराहीमा नेपाल कै पहिलो पारिवारिक मनोरञ्जन पार्कको उद्घाटन भएको छ । सोमबार आयोजित एक कार्यक्रमको बीचमा अभिनेत्री प्रियंका कार्कीले उक्त पार्कको औपचारिक उद्घाटन गरेकी हुन् ।

पार्कमा बच्चादेखि सिनियरसम्मले खेलको मनोरञ्जन लिन सक्नेछन् । आर्केड, रिडेम्सन, भर्चुअल रियालिटी, सुटिङ्ग, रेसिङ्ग, जिपलाईन, क्लाइम्बिङ्ग लगायत इण्डूअर र आउटडूअर खेलहरुको मनोरञ्जन पार्कमा लिन सकिनेछ। सस्तो मूल्यमा धेरै खेलहरु एकैठाउँमा खेलेर मनोरन्जन लिनु यो पार्कको मुख्य बिशेषता रहेको छ । अभिनेत्री कार्कीले रिवन काट्दै प्रियंका र संचालक टिमले औपचारिक उद्घाटन गरेका हुन्।

संचालक टिमलाई शुभकामना दिन गायिका इन्दिरा जोशी आफ्ना श्रीमान् संग पुगेकी थिइन्।  प्रियंका भन्छिन्, ‘सबै परिवार नै मिलेर खेल्न सकिने विभिन्न प्रकारका खेलहरु एकै ठाउँमा पाए । ठुलो स्पेसमा भएको कारण पनि धेरैले एकसाथ खेलको मज्जा लिन पाउनुहुनेछ।’ छोरी आयंकासंग पुगेकी प्रियंकाले चाडै नै श्रीमान् आयुष्मान देशराज जोशी र परिवार नै लिएर आउने जानकारी गराईन्। नेपालकै पहिलो यो फेमेली फन पार्कलाई देशका अन्य स्थानमा पुर्याउने योजना संचालक टिमले बनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्