Skip to content
Shikhar Insurance
National Life

अमिताभ बच्चनले कोरोनाको उपचार गराएको म्याक्स हेल्थकेयरमा नबिलका ग्राहकलाई १२ प्रतिशत छुट

Hyundai
NCELL
NIMB

काठमाडौं । नबिल बैंकका ग्राहकहरुले भारतको प्रसिद्ध स्वास्थ्य सेवा प्रदायक संस्था म्याक्स हेल्थकेयर इण्डियामा १२ प्रतिशत छुट पाउने भएका छन् । बैंकका डेबिट, क्रेडिट र प्रिपेड कार्ड होल्डरहरुले म्याक्स हेल्थ केयरको ओपीडी र आईपीडी सेवामा १२ प्रतिशत छुट पाउने भएका हुन् ।

सो सम्बन्धी सम्झौता पत्रमा नबिल बैंकका सीईओ ज्ञानेन्द्र ढुगांना र म्याक्स हेल्थ केयरको तर्फबाट अनस अब्दुल वाजिद, वरिष्ठ निर्देशक–मुख्य बिक्री र मार्केटिंग अधिकृतले संयुक्त रुपमा हस्ताक्षर गरेका हुन् । यस सम्झौतासँगै बैंकका ग्राहकहरु तथा कर्मचारीहरुलाई अस्पतालका विभिन्न सेवा तथा सुविधाहरुमा छुट पाउने भएकोे हो । भारतमा बिशाल नेटवर्क रहेको म्याक्स हेल्थकेयरले कोरोना कालमा आफ्नो सेवालाई अझै प्रभावकारी एंव शसक्त बनाएको थियो । भारतीय सिने जगतका महानायक अमिताभ बच्चनले समेत कोरोना लागेपछि म्याक्समै उपचार गराएका थिए ।

कार्यक्रममा नबिल बैंकका सीईओ ज्ञानेन्द्र ढुंगानाले यो सम्झौताले नबिल बैंकका ग्राहकहरू लाभान्वित हुने बताए । त्यस्तै गरि छुटलाई वृद्धि गर्न प्रयास गर्ने जानकारी दिए । कार्यक्रममा बोल्दै वाजिदले म्याक्स हेल्थ केयरको भारतमा रहेको १७ वटा सेवाप्रदायक शाखाहरुबाट जटिल रोगहरु जस्तै मृगौला, लिभर, बोन म्यारोको प्रत्यारोपन, मुटुको शल्यकृया सफलतापूर्वक गरेको बताउँदै नेपाली जनताहरुले पाउने सेवामा ढुक्क हुन आग्रह गरे । अस्पतालको सेवा लिन कुनै पनि झन्झट नहुने बताउँदै बिरामीहरुलाई गुणस्तरीय सेवा प्र्रदान गर्नेमा उनले सँधै तत्पर रहने जनाए । उनले म्याक्सले काठमाडौंसहित देशका प्रमुख शहरहरुमा सम्पर्क कार्यालय खोल्ने तयारी गरिरहेको जानकारी पनि दिएका थिए ।

नबिलले उक्त कार्यक्रममा ‘दक्षिण एसियामा उदयमान स्वास्थ्य समस्याहरू’ विषयक छलफल गराएको थियो । शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालका चिकित्सक र क्लिनिकल रिसर्च युनिट प्रमुख डा. शेरबहादुर पुन र डा. सन्दीप बुिद्धराजा, वरिष्ठ चिकित्सक–इन्स्टिच्युट अफ इन्टरनल मेडिसिन, म्याक्स हेल्थ केयर इण्डियाले प्यानलमा बोल्दै दक्षिण एसियाको स्वास्थ्यको अवस्थामा सुधार गर्न मानिसहरु सजग रहनु जरुरी रहेको बताए ।

बढ्दो शहरीकरण, स्वास्थ्यमा जागरूकताको कमी, स्वास्थ्य शिक्षामा फितलो अभ्यास, रोग तथा स्वास्थ प्रतिको मनोवृत्तिले लोप भई सकेको रोगहरु पुनः माहामारीको रुपमा फैलिनुको कारण रहेको डा. पुनले जानकारी दिए । सर्ने र नसर्ने दुवै रोगहरुको उत्तिकै जोखिम रहेको बताउँदै सजग भई खानपान र रहनसहनमा ध्यान दिन डा. बुिद्धराजाले सुझाव दिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्