Skip to content
Shikhar Insurance
National Life

अब माइ पेबाट हवाई टिकट बुकिङ गर्न सकिने, १ हजार रुपैयाँसम्म क्यासब्याक पक्का

Hyundai
NCELL
NIMB

काठमाडौं । माइ पे डिजिटल वालेटले आन्तरिक हवाई टिकट बुकिङ सेवा सुरु गरेको छ । माइ पेले नेपाल भित्र कुनै पनि गन्तव्यका लागि माइ पे वालेट मार्फत हवाई टिकट बुकिङ गर्दा अधिकतम रु १ हजारसम्म र न्यूनतम ५ प्रतिशत क्यासब्याक प्राप्त गर्न सकिने गरी सेवा सुरु गरेको हो ।

माइ पेले डिजिटल माध्यमबाटै घरायसी भुक्तानी तथा अन्य दैनिक जीवनका लागि आवश्यक सेवाहरु उपलब्ध गराउने योजना सहित सेवा दिँदै आइरहेको छ ।

वालेटका अनुसार यस क्यासब्याक योजना अन्य कुनै पनि माध्यमबाट टिकट बुकिङमा पाइने क्यासब्याक भन्दा धेरै रहेको दाबी गरेको छ ।

हाल यस माइ पे वालेट मार्फत आन्तरिक एयरलाइन्सका टिकट बुकिङ गर्दा रु ३ हजार सम्मको टिकट बुकिङमा ७ प्रतिशत र रु ३ हजार भन्दा माथिको टिकट बुकिङमा ७ प्रतिशत क्यासब्याक प्राप्त गर्न सकिन्छ । साथमा हरेक दिन माइ पे मार्फत टिकट बुकिङ गर्ने मध्ये भाग्यशाली ३ जनालाई अतिरिक्त १० प्रतिशत क्यासब्याक समेत प्राप्त गर्न सकिन्छ ।

यो योजना सीमित अवधिका लागि रहेको माइ पे ले जानकारी दिएको छ । उक्त क्यासब्याक प्राप्त गर्न ग्राहक महानुभावहरुले माइ पे वालेट डाउनलोड गरी कारोबार गर्न सक्नेछन् । यसका साथै वालेट मार्फत अन्य जुनसुकै पहिलो भुक्तानी कारोबार गर्दा २५ प्रतिशत अधिकतम रु १०० सम्म क्यासब्याक समेत प्राप्त गर्न सकिन्छ ।

डिजिटल कारोबारको परिभाषा नै परिवर्तन गर्ने लक्ष्यका साथ सेवा संचालनमा ल्याएको यस वालेट मार्फत ग्राहक महानुभावहरुले हवाई टिकट बुकिङ सँगै मोबाइल टपअप, पानीको बिल भुक्तानी, फोनको बिल भुक्तानी, विद्युत महसुल भुक्तानी, इन्टरनेटको बिल भुक्तानी, टेलिभिजनको बिल भुक्तानी, रिचार्ज पिन, डाटा प्याक, केबल कारको टिकट बुकिङ र बस टिकट बुकिङका सुविधाहरु समेत दिँदै आएको छ ।

यसका साथै एक बैंक खाताबाट अर्काे खातामा मात्र १ रुपैयाँमा रकम पठाउन सकिने सुविधा पनि रहेको छ । ग्राहक महानुभावहरुको आवश्यकतालाई मध्यनजर गर्दै अन्य विभिन्न सेवाहरु थप गर्दै लगिने कम्पनीले जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्