Skip to content
Shikhar Insurance
National Life

अब मलाई जेल हाल्छन्-रवि लामिछाने

Hyundai
NCELL
NIMB

काठमाडौं । गृहमन्त्री रवि लामिछानेले आफूलाई जेल हाल्न सक्नेमा चिन्ता व्यक्त गरेका छन् । उनले ठग प्रमाणित गरी जेल हाल्ने सक्ने संकेत गरेका हुन् । शुक्रबार संसदमा बोल्दै मन्त्री लामिछानेले सत्ता बाहिर गएपछि संसदिय समितिले जेल हाल्ने बाटो खुलेको बताएका हुन् । उनले भने, ‘म जेल जान तयार छु, मैले एउटा जेल समेत उद्घाटन गरेको छु, सके अरुलाई जेल हाल्छु नसके मलाई हाल्छन् ।’

संसदिय समितिहरुमा सत्तापक्षको बहुमत पुगेकोले सहकारी छानविन दोषी ठहर हुन सक्ने लामिछानेले आशंका व्यक्त गरेका हुन् । रातारात काँग्रेस र एमालेलाई मिल्न बाध्य बनाउने आफू सफल भएको रवि लामिछानेको बताए । प्रतिक थापा र बेचन झा पक्राउ परेको २४ घण्टाभित्रै सरकार ढालेको लामिछानेको तर्क छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

मन्त्री रहँदा धेरै काम गरेको र सुशासनको सुरुवात गरेको बताए । कृष्ण महरा कान्तिपुर ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ गर्नु कार्यकालकै सबैभन्दा ठूलो उपलब्धि भएको दाबी गरे । नेकपा (एमाले) अध्यक्ष केपी ओलीले धोका दिएको भन्दै अब माओवादीसँगै उभिने लामिछानेको भनाई छ । उनले भने, ‘प्रधानमन्त्री ज्यूलाई म धन्यवाद दिन चाहान्छु, उहाँले विस्वास गरेर काम गर्ने मौका दिनु भयो ।’

GBIME

प्रतिक्रिया दिनुहोस्