Skip to content
Shikhar Insurance
National Life

‘अब आएर ४/१२ हटाउनु हुन्न, हटे लाखौं लगानीकर्ता दुर्घटनामा पर्छन्’

Hyundai
NCELL
NIMB

काठमाडौं । पछिल्लो समय अधिकांश लगानीकर्ता सेयर धितो कर्जाको ४/१२ करोड रुपैयाँको सीमा खारेजीको मागमा छन् । तर, लगानीकर्ता समूहबीचबाटै सो नीति हट्दा लाखौं लगानीकर्ता दुर्घटनामा पर्ने भन्र्दै कायमै राख्न आन्दोलन समेतको घोषणा भएको छ ।

स्वतन्त्र पूंजी बजार सुधार संघले एक विज्ञप्ति निकाल्दै अहिले ४/१२ करोड रुपैयाँको सीमालाई सेयर बजारमा आम लगानीकर्ताले पचाइसकेको भन्दै ठुला लगानीकर्ताले आफ्नो प्यक्तिगत फाइदाको लागि सो नीति खारेजीको माग राखेको उल्लेख गरेका छन् ।

जारी विज्ञाप्तीमा भनिएको छ, ‘अब बजार बाट ४/१२ प्रभाव पुर्ण रुपमा समाप्त हुन लाग्दा केहि निहित समूहले त्यही बिषयलाई लिएर नाराबाँजी गरि समग्र लगानिकर्ताको लगानी माथी प्रत्यक्ष र परोक्ष खेलवाड गर्न खोजिरहेको बिषय प्रती हाम्रो संगठनको ध्यानाकर्षण भएको छ । ठुला लगानीकर्ताहरुले लिएको ४/१२ करोड भन्दा बढी ऋणको सेयर बिक्री चापले समग्र लगानी कर्ताको लगानीमा नकारात्मक प्रभाव परिसकेको र अब उक्त नितिले बजार घटाईमा कुनै पनि किशिमको फरक नपर्ने र अब बजार आफ्नो गतिमा बिस्तारै सुधार हुँदै जाने कुरालाई आधार मान्दै फेरि ४/१२ को लडाई र उक्त बुदाँ खारेजीको माग गर्नु भनेको फेरि पनि बजारलाई अप्राकृतिक रुपमा चलाउनु सरह नै जस्तै हो र अबको दिनमा लाखौं लगानीकर्ताहरु ४/१२ हट्दा फेरि उहीँ दुर्घटनामा पर्न सक्ने भएको हुँदा अब देखि कसैले घटाएको दुर्घटनामा जानी जानी नपर्न हुन र आफ्नो निहित स्वार्थ प्राप्तीको निम्ति आम लगानीकर्ताहरुलाई हतियार बनाउने मतियारहरुको खुलेयाम बिरोध गरि बजारलाई स्वतन्त्रता पुर्बक संचालन गराउनमा सहयोग गरिदिन हुन आम लगानीकर्ता साथिहरु लाई हार्दिक अनुरोध गर्दछौं ।’

सो लगानीकर्ता संघले विगतमै सेयर बजार घटाईको मुख्य कारण ४/१२ करोडको नीति औल्याउँदै पुँजी बजारप्रतिको नियामक निकायको चरम उदाशिनता, नितिहरुमा भएको फेरबदल उक्त व्यवस्था खारेजीको माग गर्दै लामो समय आन्दोलन गरेको थियो । तर, त्यही आन्दोलन तुहाउने गिरोहको स्वार्थका कारण आज बजार झण्डै ३७ प्रतिशत भन्दा बढीले घटेर २०००को बिन्दु मा आईपुगेको छ उनीहरुको ठहर छ । त्यसकारण अब बजार बाट ४/१२ प्रभाव पुर्ण रुपमा समाप्त हुन लाग्दा केहि निहित समूहले त्यही बिषयलाई लिएर नाराबाजी गरि समग्र लगानिकर्ताको लगानी माथी प्रत्यक्ष र परोक्ष खेलवाड गर्न खोजिरहेको बिषय प्रती हाम्रो संगठनको ध्यानाकर्षण भएको जारी विज्ञाप्तीमा उल्लेख छ ।

https://singhadarbar.com/post/42214/

पछिल्ला दिनमा हरी ढकाल, अम्बिका पौडेल, राधा पोखरेल लगायतका लगानीकर्ता समुहले राष्ट्र बैंकले सेयर धितो कर्जामा लगाएको ४/१२ करोड रुपैयाँको सीमा हट्नु पर्ने लगायतका १९ बुँदै माग राखेर आन्दोलन गरिरहेका छन् । उनीहरुले गरेको आन्दोलन लगानीकर्ताको हकहितलाई नभएर राजनीतिक र चुनावी माहोलमा आफ्नो भोट सुरक्षित गर्ने भएको आरोप लगाएको छ। संघले अहिलेका संघले आफुले सेयर बेचेको बेला आन्दोलनमा सहभागी नहुने साथै आन्दोलन तुहाउन खोज्ने र आफूले सेयर किन्न थाले पछि अनेक स्वरुप र अनावश्यक मागहरु राखेर सडक नाटक देखाउने प्रवृत्ति भएको समेत आरोप लगाएको हो।

GBIME

प्रतिक्रिया दिनुहोस्

Thoughts MORE