Skip to content
Shikhar Insurance
National Life

अबदेखि पठाओ एपमा फुड डेलिभरी सित्तैमाः ‘रेस्टुरेन्टको दाममा घरमै खाम’

Hyundai
NCELL
NIMB

काठमाडौँ । नेपालको अग्रणी राइड सेयरिङ सेवा प्रदायक पठाओ नेपालले अबदेखि निःशुल्क फुड डेलिभरी सुरु गरेको छ ।

‘रेस्टुरेन्टको दाममा घरमै खाम’ भन्ने नाराका साथ पठाओले बिहान ९ बजेदेखि मध्यरात १२ बजेसम्मका सबै फुड अर्डरहरु निःशुल्क डेलिभरी सुरु गरेको पठाओ नेपालका प्रवक्ता शशांकशमशेर थापाले बताए ।

पठाओ नेपालले सेप्टेम्बर २४ मा आफ्नो पाँचौं वार्षिकोत्सव मनाउँदै छ । आफ्नो वार्षिकोत्सवलाई लक्षित गर्दै कम्पनीले वार्षिकोत्सव महिनाको पहिलो दिन निःशुल्क डेलिभरी योजना सार्वजनिक गरेको थापाले जानकारी दिए । यो महिना अरू पनि विभिन्न योजना र सहुलियत सार्वजनिक गर्ने कम्पनीको योजना छ ।

बिहान ९ बजेदेखि राति ३ बजेसम्म फुड डेलिभरी गर्दै आएको पठाओ फुडले मध्यरात १२ बजेदेखि तीन बजेसम्म (तीन घण्टा) अवधीको फुड डेलिभरीमा भने १ सय ५० रुपैयाँ शुल्क लिनेछ ।

गत जुन १० देखि जुन ३० सम्म कम्पनीले फुड फेस्ट सम्पन्न गरेको थियो । त्यसक्रममा कम्पनीले डेढ लाखभन्दा बढी अर्डर डेलिभरी गरेर फुड डेलिभरीमा नयाँ रेकर्ड कायम राखेको थियो । सो फुड फेस्टपछि कम्पनीको दैनिक अर्डर पनि बढेको थापले जानकारी दिए ।

फुड फेस्टबाहेक पनि पठाओ फुडले हरेक दिनजसो विभिन्न अफरहरु ल्याएर आफ्ना सेवाग्राहीहरुलाई विभिन्न छुटहरु दिइरहेको छ । कम्पनीले ६ सयभन्दा बढी रेष्टुरेन्टबाट सेवा प्रदान गरिरहेको पठाओ फुडले ग्राहकलाई सबैभन्दा छिटो डेलिभरी गरिरहेको कम्पनीको दाबी छ ।

नेपालमा सन् २०१८ को सेप्टेम्बर २४ देखि बाइक राइड सेयरिङ सेवा सुरु गरेको पठाओ नेपालले सन् २०१९ को अगस्ट ९ देखि कार लाइट (ट्याक्सी) सेवा सुरु गरेको हो। सन् २०२० सेप्टेम्बर २४ मा पठाओले होटल तथा रेस्टुरेन्टका खाजा तथा खानाका परिकारको होम डेलिभरी सेवा सुरु गरेको थियो।

त्यस्तै सन् २०२१ जुन १३ बाट ग्रोसरी सामान डेलिभरी गर्दै ुपठाओ बजारु पनि सुरु गरेको पठाओले सन् २०२३ अगस्ट ९ देखि पठाओ पार्सल सुरु गरेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्