Skip to content
Shikhar Insurance
National Life

अफरोड ट्रयाकमा एमजी-४ ईभिको ‘स्ट्रेन्थ टेस्ट’

Hyundai
NCELL
NIMB

काठमाडौं । पारामाउन्ट मोटर्स प्रालिले एमजी-४ ईभीको ‘स्ट्रेन्थ टेस्ट’ गरेर चालकहरुलाई अनौठो अनुभव गर्ने अवसर प्रदान गरेको छ । “एमजी ४ स्ट्रेंन्थ टेस्टः इन्डुरेन्स इन एड्भरसिटी” नामक इभेन्टमा सेलिब्रेटी, मिडियाकर्मी र सोसल मिडियामा प्रभाव पार्ने मानिसहरुलाई सहभागी गराएर सो अवसर दिएको हो ।

गत चैत १ गते बिहिबार धुलिखेलमा रहेको डर्ट टेम्पलमा एमजी-४ इभिको ‘इन्डुरेन्स’ गरिएको थियो । त्यहाँको डर्ट ट्रयाकमा सहभागीहरुले हिलो बाटो, सार्प टर्निङ, हील असिस्ट र ओरालोको पर्फमेन्सजस्ता विषयमा एमजी४ इभिको परीक्षण गरेका थिए । ट्रयाकमा गाडी कुदाउने क्रममा सहभागीहरुले सो गाडीको ग्राउन्ड क्लियरेन्स, चारवटै चक्कामा रहेका इन्डिपेन्डेन्ट सस्पेन्सनको पर्फमेन्स, त्यसको पावर र पीकअपको अनुभव लिएका थिए ।

एमजी-४ इभिमा रहेको हील असिस्ट, हील डिसेन्ट कन्ट्रोल तथा रियर ह्वील ड्राइभका कारण अफ्ठ्यारो बाटोमा पनि राम्रो पर्फमेन्स दिने कम्पनीले जनाएको छ । इभेन्टका बारेमा बोल्दै पारामाउन्ट मोटर्सका प्रतिनिधिले भने,“नेपालमा रहेको बिभिन्न ईभी गाडिहरू मध्ये एम.जीले पहिलो पटक यस्तो परीक्षण गरेको हो । गाडीको “ग्राउन्ड क्लियरेन्स” को सम्बन्धमा रहेको शङ्का टेस्ट ड्राइभ पश्चात मेटिइएको पाइयो।”

सहभागीहरूले टेस्ट ड्राइभ पश्चात एमजी४ इभि सहरका चिल्ला बाटोमा मात्र नभई बिग्रिएका, खाल्डाखुल्डी, हिलो तथा कच्ची बाटोहरुमा पनि सहजै चलाउन सकिने कुरामा आफु विश्वस्त रहेको बताएका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्