Skip to content
Shikhar Insurance
National Life

अप्पर लोहोरे खोला हाइड्रोपावरको सेयर रजिष्ट्रारमा एनआईसी एसिया क्यापिटल नियुक्त

Hyundai
NCELL
NIMB

काठमाडौं । अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनी लिमिटेड र एनआईसी एसिया क्यापिटल लिमिटेडबीच सेयर रजिष्ट्रार नियुक्ति गर्नेसम्बन्धी दुई पक्षीय सम्झौता भएको छ ।

उक्त सेयर रजिष्ट्रार सेवाअन्तर्गत अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनी लिमिटेडको संस्थापक समूह तथा सर्वसाधारणमा निष्कासन गरिएको साधारण सेयरहरु सिडिएस एण्ड क्लियरिङ लिमिटेडमा दर्ता गर्ने सकिनेछ ।

यसैगरी, नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सेयर कारोबारका लागि सूचीकरण गर्ने तथा सर्वसाधारणमा बाँडफाँट भएको साधारण सेयर सम्बन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिदिने तथा कारोबार भएको सेयरहरुको अभिलेख राख्ने पनि शेयर रजिष्ट्रार सेवामार्फत गर्न सकिनेछ ।

साथै यस सेवाबाट दाखिल खारेज गर्ने, सेयरधनी लगत अध्यावधिक गरी राख्नेलगायतका सेयर रजिष्ट्रारसम्बन्धी सम्पूर्ण कार्यहरु यही भदौ ३ गते आइतबारदेखि एनआईसी एसिया क्यापिटल लिमिटेड, चौथो तल्ला, ट्रेड टावर नेपाल, थापाथली ११, काठमाडौंमार्फत हुने व्यहोरा सम्पूर्ण सेयरधनीहरुलाई कम्पनीले जानकारी गराएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्