Skip to content
Shikhar Insurance
National Life

अपि पावरले ४० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने

Hyundai
NCELL
NIMB

काठमाडौं । अपि पावर कम्पनीले हकप्रद सेयर निष्काशन तथा बिक्री खुल्ला गर्ने भएको छ । कम्पनीले लाभांश वितरण पश्चात कायम चुक्ता पूँजीको ४० प्रतिशत हकप्रद सेयर निष्काशन गर्न लागेको हो।

कम्पनीको माघ २ गते अपरान्ह ३ः३० बजे बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष ०७८/७९ को ७.५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

कम्पनीले यस वर्षको लागि प्रस्ताव गरेको ७.५ प्रतिशत बोनस सेयर पछि कायम हुने चुक्तापूँजी ४ अर्ब १३ करोड ३२ लाख ८४ हजार रुपैयाँको आधारमा ४० प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो ।

कम्पनीको हाल कायम १० कित्ता सेयर बराबर नयाँ ४ कित्ता सेयर अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको हो। यस अनुसार कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड ६५ लाख ३३ हजार १३७ कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ।

कम्पनीले हाल सञ्चालन गरी विद्युत उत्पादन गरिरहेको आयोजनाहरुको ऋणमोचन गर्न हकप्रद सेयर निष्काशन गर्न लागेको हो।

कम्पनीले प्रस्तावित हकप्रद सेयर निष्कासनका लागि पहिलो चरणमा विद्युत नियमन आयोगबाट स्वीकृत भई आगामी १९औं वार्षिक साधारण सभाले पारित गराउनुपर्नेछ ।

दोस्रो चरणमा भने धितोपत्र बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डसँग स्वीकृति लिनुपर्नेछ । यी सबै प्रकृया पुरा गरे गरेपश्चात सो हकप्रद सेयर निष्काशन गरिनेछ।

कम्पनीले हाल ८.५ मेगावाटको गौगड गाढ जलविद्युत आयोजना, ८ मेगावाटको अप्पर नौगड गाढ जलविद्युत आयोजना, ४ मेगावाटको चन्द्रनिगाहपुर सौर्य विद्युत आयोजना र १/१ मेगावाटको ढल्केबर सौर्य विद्युत आयोजना र सिमरा सौर्य विद्युत आयोजना सञ्चालन गरिरहेको छ। यी आयोजना सञ्चालन गर्न कम्पनीले कुल १ अर्ब ६८ करोड ५५ लाख ७४ हजार ६५ रुपैयाँ ४३ पैसा ऋण लिएको छ।

GBIME

प्रतिक्रिया दिनुहोस्