Skip to content
Shikhar Insurance
National Life

अपि पावरलाई ४० प्रतिशत हकप्रद निष्काशन गर्न विद्युत नियमन आयोगको अनुमति

Hyundai
NCELL
NIMB

काठमाडौं । विद्युत नियमन आयोगले अपि पावर कम्पनी लिमिटेडलाई हकप्रद सेयर निष्काशन गर्न अनुमति दिएको छ । आयोगले कम्पनीलाई हाल कायम चुक्ता पूँजीको ४० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने अनुमति दिएको हो ।

आयोगको माघ १२ गते बसेको सञ्चालक समितिको १८२औं बैठकले कम्पनीलाई हकप्रद सेयर  निष्काशन गर्न पूर्व स्वीकृति प्रदान गरेको हो ।

कम्पनीले हाल सञ्चालन गरी विद्युत उत्पादन गरिरहेको आयोजनाहरुको ऋणमोचन गर्न हकप्रद सेयर निष्काशन गर्न लागेको हो ।

कम्पनीले माघ ३ गते हकप्रद सेयर निष्काशन गर्न साधारण सभामा प्रस्ताव लैजना पूर्व स्वीकृतिको लागि निवेदन पेश गरेको थियो । उक्त निवेदनको आधारमा कम्पनीलाई आयोगले हकप्रद सेयर निष्काशन गर्न अनुमति दिएको हो ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको ४० प्रतिशत अर्थात १० कित्ता सेयर बराबर नयाँ ४ कित्ता सेयर अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको थियो ।

अब आगामी बस्ने कम्पनीको १९ औं वार्षिक साधारण सभाबाट अनुमोदन गरी नेपाल धितोपत्र बोर्ड समक्ष अन्तिम स्वीकृतिको लागि पेश भई हकप्रद सेयर जारी तथा निष्काशनको स्वीकृति प्राप्त भएपश्चात् मात्र हकप्रद सेयर निष्काशन तथा बिक्री गरिनेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्