Skip to content
Shikhar Insurance
National Life

अपांगता भएकालाई सहयोगी उपलब्ध गराउन तत्काल बजेटको व्यवस्था गर्नुपर्छ : सांसद भट्टराई

Hyundai
NCELL
NIMB

काठमाडौं । सत्तारुढ नेकपा (एमाले) की सांसद विद्या भट्टराईले पूर्ण असक्त अपांगता भएका व्यक्ति सहयोगी उपलब्ध गराउने संवैधानिक व्यवस्था तत्काल कार्यान्वयन हुने गरी बजेटको व्यवस्था गर्न सरकारसँग माग गरेकी छिन् ।

बुधबार प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै उनले पूर्ण असक्त अपांगता भएका व्यक्तिलाई सहयोगी दिने संवैधानिक व्यवस्था कार्यान्वयनका लागि सरोकारवाला पक्षसँग सरकारले सम्झौता गरिसकेकाले त्यसको कार्यान्वयन गरी उनीहरुको संवैधानिक अधिकारको रक्षा गर्न सरकारले ढिलाई गर्न नहुने पनि बताएकी हुन् ।

सांसद भट्टराईले सोही मागलाई लिएर ३७ दिनदेखि काठमाडौंमा आमरणमा बस्नुभएको दीपक भण्डारीको स्वास्थ्य अवस्था कमजोर भईसक्दा पनि सरकारले सो सम्झौता कार्यान्वयनमा बेवास्ता गरेको भन्दै आक्रोश व्यक्त गरिन् ।

सांसद भट्टराईले सरकारले पूर्ण अशक्त अपांगता भएका व्यक्तिलाई सहायता गर्ने कुरामा ढिलाई गर्न नहुने बताइन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्