Skip to content
Shikhar Insurance
National Life

अन्तिम कारोबार दिन घटेर बन्द भयो सेयर बजार

Hyundai
NCELL
NIMB

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार घटेर बन्द भएको छ। अघिल्ला तीन कारोबार दिनदेखि निरन्तर उकालो लागेको सेयर बजार आज भने भने घटेर बन्द भएको हो।

साताको अन्तिम कारोबार दिन बिहिबार नेप्से परिसूचक ११.८५ अंक घटेर १८५२.०८ विन्दुमा झरेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स १.३६ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.६७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४५ अंक घटेको छ।

नेप्से घटेपनि यस दिन कारोबार रकम भने बढेको छ। अघिल्लो कारोबार दिन ७८ करोडको सेयर खरिदबिक्री भएको बजारमा यस दिन २८२ कम्पनीको २७ हजार ८४५ पटकको कारोबारमा ८३ करोड ६० लाख ५ हजार रुपैयाँ बराबरको २८ लाख ३३ हजार कित्ता सेयर खरिदबिक्री भएको छ। कारोबारमा आएको ५७ कम्पनीको सेयर मूल्य बढेको छ । १७५ कम्पनीको सेयर मुल्य घटेको छ भने ५ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।

नेप्सेका अनुसार सयापत्री हाइड्रोपावर कम्पनीको सेयर मूल्य सबैभन्दा बढी ६.९६ प्रतिशतले बढेको छ । त्यसैगरी, सनराइज ब्लुचिप फण्डको इकाईमूल्य ५.८५ प्रतिशत र ओरियन्टल होटलको ४.०३ प्रतिशत सेयर मूल्य बढेको छ भने अन्य कम्पनीहरुको सेयर मूल्य वृद्धिदर ४ प्रतिशतभन्दा कम रहेको छ। कारोबारमा आएको माउन्टेन इनर्जी नेपालको सेयर मूल्य सर्वाधिक ६.५८ प्रतिशत घटेको छ। त्यस्तै, यस दिन नेपाल एसबिआई बैंकको ६.४३ प्रतिशत र माया खोला हाइड्रोपावरको ६.३७ प्रतिशतले सेयर मूल्य घटेको छ।

कारोबार रकमका आधारमा सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको ७ करोड ६७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

त्यस्तै, सोल्टी होटलको ३ करोड ८१ लाख र हाथवे इन्भेष्टमेन्टको ३ करोड ६४ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ।

यस दिन १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये अन्य उपसमूहको परिसूचक यस दिन सर्वाधिक १.५५ प्रतिशत घटेको छ। त्यस्तै, यस दिन वित्त र जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

GBIME

प्रतिक्रिया दिनुहोस्