काठमाडौं । आइएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले मर्जरका लागि अन्तिम सम्झौता गरेका छन् । नेपाल बीमा प्राधिकरणका अध्यक्षको उपस्थितिमा दुई कम्पनीले मर्जरका लागि अन्तिम सम्झौतामा हस्ताक्षर गरेका हुन । दुबै कम्पनी बीच एक बराबर एकको स्वाप रेसियोमा मर्जर गर्ने सम्झौता भएको हो । आगामी ६० दिन भित्र एकीकृत कारोबार थाल्ने तयारी छ ।
सम्झौतामा नयाँ कम्पनीको सिईओमा आइएमई जनरल इन्स्योरेन्स कम्पनीका सिईओ युगेशभक्त वादे श्रेष्ठ हुनेछन् । त्यस्तै कम्पनीको अध्यक्षमा हेमराज ढकाल हुनेछन् । कम्पनीको नाम आइएमई प्रुडेन्सियल इन्स्योरेन्स राख्ने सहमति भएको छ ।
अन्ततः एक हुने भए आईजीआई र प्रुडेन्सियल, अध्यक्ष र सिईओ को ?

प्रतिक्रिया दिनुहोस्