काठमाडौं । उद्योग वाणिज्य महासंघको विधानमा व्यापक हेरफेर भएको छ । महासंघको मंगलबार (मंसिर २५ गते) बसेको साधारणसभाले विधान संशोधनको निर्णय गरेको हो ।
बरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठको कार्यकाल सकिएपछि अध्यक्षको कार्यकाल कार्यकाल २ वर्षको हुनेछ । धेरै उद्योगी व्यवसायीलाई महासंघको अध्यक्ष बनाउन महासंघले विधान संशोधन गरेको हो ।
वर्तमान वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठको अध्यक्षको कार्यकाल सकिएपछि २ वर्ष कार्यकाल लागू हुनेछ । श्रेष्ठ अध्यक्ष भएपछि अध्यक्ष पदको लागि प्रत्यक्ष चुनाव हुनेछ । यसअघि यस्तो चुनाव सुरुमा बरिष्ठ उपाध्यक्ष हुने र सोपछि अध्यक्ष हुने व्यवस्था थियो ।
यसैगरी, महासंघले महिला उपाध्यक्ष रहने व्यवस्था गरेको छ । महिला उपाध्यक्ष कार्यकारिणी समितिले चयन गर्नेछ तर कार्यकारिणी समितिमा १२ जना महिला सदस्य भएमा मात्र महिला उपाध्यक्ष चयन हुनेछ । अध्यक्षको प्रत्यक्ष चुनाव भएसँगै एकजना वरिष्ठ उपाध्यक्ष रहनेछ । वरिष्ठ उपाध्यक्ष चयन कार्यकारिणी समितिले गर्नेछ । जिल्ला/नगर तर्फ २ जना उपाध्यक्ष रहनेछ । विधान मन्त्रिपरिषदवाट स्विकृती भएलगतै लागू हुनेछ ।
प्रतिक्रिया दिनुहोस्