Skip to content
Shikhar Insurance
National Life

अनेरास्ववियू आरआर क्याम्पस कमिटीद्धारा नव-आगन्तुक विद्यार्थीलाई स्वागत, ६१ जना संगठन प्रवेश

Hyundai
NCELL
NIMB

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियूले सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । बुधबार अनेरास्ववियू रत्न राज्य (आरआर) क्याम्पस कमिटीले नव-आगन्तुक विद्याथीहरुको स्वागत तथा फाल्गुण पूर्णिमा (होली) विषेश सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको हो ।

नव आगन्तुक विद्याथीहरुलाई स्वागत तथा आरआर क्याम्पसमा अध्ययनरत सम्पुर्ण विद्याथीहरुबीच होली पर्व मनाउने उदेश्यले अनेरास्ववियू आरआर क्याम्पस कमिटीले सो सांस्कृतिक आयोजना गरेको थियो । उक्त सांस्कृतिक कार्यक्रमको सभापतित्व अनेरास्ववियू आर आर क्याम्पस कमिटीका अध्यक्ष मीन बहादुर कंवर (मुकेश) ले गरेका थिए । भने प्रमुख आथित्यता नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष एंवम निवर्तमान बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले गरेका थिए ।

सो कार्यक्रममा अनेरास्ववियूका केन्द्रीय अध्यक्ष सुदेश पराजुलीले आरआर क्याम्पसमा एमए राजनीतिकशास्त्रमा अध्ययनरत छात्र सगुन शाहको नेतृत्वमा ६१ जनालाई संगठनमा प्रवेश गराएका थिए। अध्यक्ष पराजुलीले कुनै बहानामा स्ववियू निर्वाचन नगराउन लाग्नेहरुलाई खबरदारी समेत गरेका थिए ।

कार्यक्रममा चर्चित कलाकार अस्मिता अधिकारी, रुपक डोटेल, राजेश राई, कर्णराज गिरी, सुनिल थापा मगर लगायतले प्रस्तृति दिएका थिए । भने आरआर क्यामसका नयाँ तथा पुराना गरी करिब ५ सय विद्यार्थीहरुको उपस्थिती रहेको थियो ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्