Skip to content
Shikhar Insurance
National Life

अनेरास्ववियूले हेलम्बुमै पुगेर बाँड्यो राहत

Hyundai
NCELL
NIMB

काठमाडौं । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियूले सिन्धुपाल्चोकको बाढी पहिरो प्रभावित हेलम्बुमै पुथेर राहत सामग्री वितरण गरेको छ । अनेरास्ववियू अध्यक्ष सुदेश पराजुली नेतृत्वमा गएको राहत वितरण टोलीले हेलम्बु गाउँपालिका–२ मै पुगेर राहत बाँडेको हो ।

राहत सामाग्री बोकेर नेकपा एमालेनिकट विद्यार्थी नेताहरु आज बिहान सिन्धुपाल्चोकको हेलम्बु लागेका थिए । खाद्य, स्वास्थ्य तथा बासका राहत बोकेर हेलम्बु पुगेको यो पहिलो टोली थियो ।

सिन्धुपाल्चोकका बाढी–पहिरो पिडितलाई सहयोग गर्न सरकारले तदारुकता नदेखाइरहेका बेला उनीहरू राहत बाँड्न तत्पर भएका हुन् ।

राहत ग्रहण गर्दै वडाअध्यक्ष छिरिङ ग्याल्पो लामाले आजसम्म पनि राहत नआएकामा पहिलो राहत अनेरास्ववियुले ल्याएको बताए । शुक्रबार बिहान एमाले वरिष्ठ नेता माधव नेपालले राहत सामाग्री संयोजक पराजुलीलाई हस्तान्तरण गरेका थिए ।

राहत वितरण टोली अनेरास्ववियुका अध्यक्ष पराजुलीसहित उपाध्यक्ष माधव पन्त, महासचिव आरती लामा, सचिवहरु महेश श्रेष्ठ, अशोक थापा, मेघनाथ चापागाईं, मिलन राई र नरेश न्यौपाने तथा कोषाध्यक्ष दिपेश प्रसाईंलगायत सहभागी थिए ।

जिल्ला समन्वय समितीकी सदस्य बिमला भण्डारिका अनुसार यो वडामा पूर्ण रुपमा १ सय ५० घर प्रभावित भएको जानकारी गराइन् ।

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

 

GBIME

प्रतिक्रिया दिनुहोस्