Skip to content
Shikhar Insurance
National Life

अनेरास्ववियूको मागअनुसार इन्जिनियरिङमा  सहिद परिवारलाई छात्रवृत्ति दिने हिस्ट कलेजकाे घोषणा

Hyundai
NCELL
NIMB

काठमाडौं । ललितपुरको ग्वार्कोमा रहेको हिस्ट इन्जिनियररिङ कलेजले सहिद परिवारका सदस्यलाई छात्रवृत्ति दिने भएको छ । संविधान दिवसको अवसरमा नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियू हिस्ट क्याम्पस कमिटीले आयोजना गरेको शुभकामना एवम् दीप प्रज्ज्वलन कार्यक्रममा बोल्दै कलेजका प्रधानाध्यापक बिनोदकुमार श्रेष्ठले अनेरास्ववियूको मागबमोजिम सहिद परिवारका सदस्य मध्य एक जनालाइ ५० प्रतिशत छात्रवृत्ति दिने घोषणा गरेका हुन् ।

पूर्वाञ्चल विश्वविद्यालयअन्तर्गत रहेको हिस्ट कलेजले कुल विद्यार्थी संख्याको १० प्रतिशतलाई छात्रवृत्ति दिनुपर्ने विश्वविद्यालयको प्रावधानबाहेक थप एकजना सहिद परिवारका सदस्यलाई ५० प्रतिशत छात्रवृत्ति दिने भएको हो ।

कलेजले अनेरास्ववियूको माग पूरा गरेर वीर सहिदहरुप्रति सम्मान प्रकट गरेकोमा कलेज प्रशासनलाई धन्यवाद दिएको र आगामी दिनमा पनि अनेरास्ववियू हिस्ट कमिटीले रचनात्मक भूमिका निर्वाह गर्ने कलेज कमिटीका अध्यक्ष डम्बर धामीले बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्