Skip to content
Shikhar Insurance
National Life

अनुमतिबिना अरूको नागरिकता प्रयोग गरी वान एक्स बेटबाट कारोबार

Hyundai
NCELL
NIMB

काठमाडाैं। वानएक्स बेटमार्फत अनलाइन जुवा खेलाएको आरोपमा पक्राउ परेका एजेन्ट दिनेश खड्काले मञ्जुरीबिना अन्य केही व्यक्तिको नागरिकता प्रयोग गरेको पाइएको छ ।

उक्त खेलमार्फत उनले ३१ करोड रूपैयाँभन्दा बढी रकमको कारोबार गरेको पाइएको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ ।

गत जेठ ३० गते पक्राउ परेका खड्काले केही व्यक्तिको नागरिकता प्रयोग गरी उनीहरुको मन्जुरीबिना ४२ वटा खाता खोलेर विद्युतीय माध्यम दुरुपयोग गरी अनाधिकृत रुपमा खातामा ३१ करोड ३२ लाख ६४ हजार दुई सय ५२ रूपैयाँ जम्मा गरेर सो रकम अन्य खातामा पठाएको खुल्न आएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए।

उनका अनुसार निज अभियुक्तबिरुद्ध दुई पीडितले बैंकिङ कसुर तथा सजाय ऐन २०६४ को दफा ३ (क) र (ख), दफा ५ को (क) र (ग) र दफा ६ बमोजिम कसुर गरेको किटानी जाहेरी काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा दिएकामा आवश्यक कारबाहीको लागि टेकुस्थित जिल्ला प्रहरी परिसर पठाइएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्