Skip to content
Shikhar Insurance
National Life

अनलाइन जुवा खेल्न डलर कार्डको प्रयोग भएपछि तात्यो राष्ट्र बैंक, तोकिए भुक्तानीका सर्त र सिमा

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल राष्ट्र बैंकले डलर कार्डबाट हुने भुक्तानीमा कडाई गर्ने भएको छ । राष्ट्र बैंकले डलर कार्डबाट निश्चित बस्तु तथा सेवा मात्रै खरिद गर्न पाइने व्यवस्था गर्दै खरिद गर्न नपाउने बस्तु तथा सेवाहरुको समेत सूचि तय गरेको छ ।
राष्ट्र बैंकले ५ सय डलरसम्मका बस्तु तथा सेवाहरु डलर कार्डबाट खरिद गर्न सकिने व्यवस्था गरेको थियो । त्यसका सर्तहरु कडा नहुँदा डलर कार्डको दुरुपयोग गरेको निष्कर्षसहित भुक्तानीका सर्तहरु अघि सारेको हो ।

अब डलर कार्डबाट बीमाको प्रिमियम, सेयर कारोबारको शुल्क, वित्तिय कारोबार शुल्क, मनी अर्डर (वायर ट्रान्सफर), बीमा सेवा, स्ट्याम्प तथा क्वाइन स्टोर, वित्तीय संस्थालाई भुक्तानी (म्यानुअल क्यास डिस्बर्समेन्ट), अन्डराइटिङ तथा प्रिमियम, रियल इस्टेट एजेन्ट तथा म्यानेजर (रेन्टल) लाई कार्डमार्फत भुक्तानी गर्न पाइने छैन् ।

साथै वाणिज्य बैंकहरुलाई हुने भुक्तानी, स्टोरहरुको कार्ड खरिद तथा लोडिङ, विविध सेवा तथा वस्तु (अति जोखिम खालका), क्यासिनो, घोडा तथा कुकुर दौड, सबै प्रकारका जुवा, कुनै पनि प्रकारका राजनीतिक दल तथा धार्मिक संगठनलाई कार्डमार्फत भुक्तानी गर्न नपाइने व्यवस्था राष्ट्र बैंकले गरेरको छ । डलर कार्ड जारी गरेका बैंकहरुलाई ‘अन्तर्राष्ट्रिय कारोबार रिपोर्टिङ सिस्टम मार्गदर्शन २०२२ जारी गर्दै राष्ट्र बैंकले अन्तर्राष्ट्रिय कारोबारको पनि अनसाइट सुपरिवेक्षण गर्ने भनेको छ ।

आगामी २०८० साउन देखि लागु हुने उक्त मार्गदर्शन अन्तर्राष्ट्रिय कारोबारको विस्तृत विवरण लिने गरी तयार गरिएको हो । बैंक तथा वित्तिय संस्थाहरुले अन्तर्राष्ट्रिय कारोबारको पूर्ण विवरण नेपाल राष्ट्र बैंकलाई मासिक रुपमा बुझाउनुपर्नेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्