Skip to content
Shikhar Insurance
National Life

अनअराइभल भिसा खुल्यो, पर्यटकले क्वारेन्टिन बस्नु पनि नपर्ने

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल सरकारले दुई वर्षअघि बन्द गरेको अनअराइभल भिसा खुला गरेको छ । कोरोना महामारी फैलिएसँगै सरकारले रोक लगाएको अनअराइलल भिसा प्रक्रिया संक्रमणदर कम भएसँगै बिहीबारदेखि खोलेको हो।

अनअराइभल भिसाका लागि कोभिडको पूर्ण खोप भने लगाएको हुनुपर्ने छ। सरकारले ०७६ चैतदेखि विदेशीलाई अनअराइभल भिसा बन्द गरेको थियो।

कोरोना संक्रमणदर कम हुँदै जाँदा सबै क्षेत्र खुले पनि सरकारले पर्यटन क्षेत्रमाथि लगाएको नियम खुकुलो नबनाउँदा पर्यटन व्यवसागीहरू आक्रोशित थिए । २२ वटा पर्यटन व्यवासयी संघसंस्थाले संयुक्त रूपमा पर्यटकले क्वारेन्टिनमा बस्नु पर्ने र अनअराइभल भिसा खोल्नुपर्ने माग सरकार समक्ष गर्दै आएका थिए।

पर्यटकले क्वारेन्टिनमा पनि बस्नु नपर्ने

सरकारले अब विदेशबाट आएका पर्यटकलाई क्वारेन्टिनमा बस्नु नपर्ने जनाएको छ । तर नेपाल आउँदा पीसीआर परीक्षण तथा खोप लगाएको प्रमाणपत्र भने अनिवार्य बोक्नुपर्नेछ।

नेपाल प्रवेश गर्नु ७२ घन्टाअघि कोरोना परीक्षणको नेगेटिभ रिपोर्ट अनिवार्य पेस गर्नुपर्नेछ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र सडकमार्गबाट नेपाल प्रवेश गरेका पर्यटकलाई नाकामा नै भिसा उपलब्ध हुनेछ। तर, नेपाल सरकारले अध्यागमन प्रवेश बिन्दुमा पुनः एन्टिजेन परीक्षण गर्न सक्नेछ।

यदि परीक्षणमा कोरोना पोजेटिभ देखिए अनिवार्य रूपमा स्वास्थ्य मन्त्रालयले तोकेको आइसोलेसनमा बस्नुपर्नेछ । यस्तै नेपाली नागरिक वा आवासीय नेपाली नागरिक नेपाल आउँदा पूर्ण खोप लगाएको हुनुपर्ने प्रावधान छ।

GBIME

प्रतिक्रिया दिनुहोस्