Skip to content
Shikhar Insurance
National Life

अदालतका गोप्य सूचना बाहिरिएपछि सबै सुरक्षाकर्मी परिवर्तन

Hyundai
NCELL
NIMB

काठमाडौं । अदालतमा रेहका विचाराधीन मुद्दामा अस्वाभाविक दख्खल अन्दाजी गरेको र चासो राखेको थाहा पाए पछि सुर्खेत जिल्ला अदालतले सुरक्षार्थ खटिएका सबै सुरक्षाकर्मीहरू परिवर्तन गरेको छ।

जिल्ला न्यायाधीश डा. राजेन्द्र कुमार आचार्यले आफ्नो सुरक्षामा खटिएको पर्सनल सेक्यूरिटी अफिसर (पिएसओ) देखि अदालतमा रहेका सम्पूर्ण प्रहरी जवानलाई एकैपटक परिवर्तन गराएका छन् ।

सुर्खेत जिल्ला अदालतका श्रेष्तेदार ठाकुर शर्माका अनुसार, “सुरक्षार्थ खटेका केही सुरक्षाकर्मीले अदालतमा भएका मुद्धाहरूबारे अस्वभाविक रूपमा चासो राख्दै आएको पाइएपछि मुख्य न्यायाधीश डा. आचार्यको राय बुझी अदालतमा खटिएका सबै सुरक्षाकर्मी परिवर्तन गर्न प्रहरी कार्यालयलाई लेखी पठाएका छौँ।” उनले भने, “यस्तो कुरा थाहा पाए पछि मुख्य न्यायाधीशको व्यक्तिगत सुरक्षामा खटिएका जवान देखि अदालत परिसरमा खटिने सबै सिपाहीलाई एकैसाथ परिवर्तन गराएका छौँ।”

न्यायापालिकामा सुधारको माग राख्दै विगत केहि दिन देखि नेपाल बार एसोसिएशन आन्दोलनरत छ।

GBIME

प्रतिक्रिया दिनुहोस्

Thoughts MORE