Skip to content
Shikhar Insurance
National Life

अटोमोबाइल मार्केट रेस्क्यु भैसक्यो, १० प्रतिशत पैसा तिरेर नागरिकले मोटर किन्न पाउनुपर्छ

Hyundai
NCELL
NIMB

दई वर्षदेखि कोरोनाका कारण सबै पेशा व्यवसाय प्रभावित छन् । अटोमोबाइल क्षेत्र पनि अत्याधिक प्रभावित भैरहेको छ । कोरोनाले सबै भन्दा धेरै प्रभावित पारेको क्षेत्र नै अटोमोबाइल नै हो । हाम्रो व्यापार व्यवसाय प्रायः चौपट छ ।

अहिले दशैं तिहार लगायतका चाडबाड आउँदैछन् । यो भनेको सबै व्यवसाय फस्टाउने समय हो । अझ अटोमोबाइलको लागि त यो महा दशैं नै हो । यो अवसरको सदुपयोग गर्दै गुमेको व्यवसायीक लय फेरी फर्काउने प्रयास गर्नुपर्छ ।

कोरोनाको तेश्रो लहरको त्रास बढेको छ । तर संयमित, अनुशासित र सुरक्षित भएर व्यवसाय सञ्चालन गर्नुको विकल्प हामीसँग छैन् । खोप आईरहेकाले थप आशा पनि बढेको छ । हामीले अटोमोबाइल क्षेत्रसँग सम्वद्ध व्यवसायी र कामदारलाई पनि फ्रन्टलाइनरका रुपमा खोप चाहिन्छ भनेर माग गरेका छौं । हाम्रो माग प्रति सम्वद्ध निकायले सकारात्मक सन्देश पनि पठाएको छ । सवारी साधन चालकदेखि शोरुमका कर्मचारीहरुलाई खोप दिनुपर्छ ।

सरकारले नयाँ बजेट ल्यायो । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति ल्याउँदैछ । आर्थिक गतिबिधीहरु पनि विस्तारै चलायमान हुँदैछन् । यसले अटोमोबाइल क्षेत्रको व्यवसाय पनि बढ्ने संकेत देखिएका छन् । अहिले अटोमोबाइलको मार्केट रेस्क्यु भैसक्यो, दशैं तिहारले गुल्जार बनाउँछ । अहिले अटोमाबाइल भनेको आवश्यकताको वस्तु भैसकेको छ । डिमाण्ड अनुसार उपलब्ध गराउन सक्छौं की सक्दैनौं भन्ने चुनौती थपिएको छ ।

मौद्रिक नीतिले डाउनपेमेन्टको सुबिधा अलि थपिदिए हुन्थ्यो भन्ने छ । १० प्रतिशत तिरेर नागरिकले गाडी चढ्न पाउनुपर्छ । विदेशमा एक प्रतिशतमा गाडी चढ्न पाइन्छ । हामीले १० प्रतिशत तिरेपछि गाडी चढ्ने सुबिधा नागरिकलाई दिनुपर्छ भनेका छौं । सरकारले २०।३० प्रतिशत कायम गरिदिए पनि हुन्छ । तर अहिलेको जस्तो ५० प्रतिशत तिर्नुपर्ने व्यवस्था भने हट्नुपर्छ ।

२०।२५ हजार तलबको जागिर खानेले पनि मोटरसाइकल चढ्न पाउनुपर्छ । जग्गा बेचेर आएकाहरुले त ५० प्रतिशत मात्रै किन पुरै पैसा नै तिर्न सक्छन् । न्युन आय भएका तर व्यक्तिगत सवारी साधन चढ्नै पर्ने बाध्यतामा भएकाहरुलाई हो १० प्रतिशतको सुबिधा चाहिने पनि । हामी आशावादी छौं, दशैं तिहारले अटोमोबाइल व्यवसायलाई पुनः चलायमान बनाउनेछ । (नाडा अटोमोबाइल्स एसोसियसन अफ नेपालका अध्यक्ष दुलालसँग गरिएको कुराकानीमा आधारित)

GBIME

प्रतिक्रिया दिनुहोस्