Skip to content
Shikhar Insurance
National Life

अञ्जन श्रेष्ठलाई साक्षी राखेर उमेशले भनेः महासंघले व्यवसायीको पिरमर्का उठाउनै सकेन

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व उपाध्यक्ष उमेश लाल श्रेष्ठले महासंघको वर्तमान नेतृत्व कमजोर बनेकाले उद्यमी व्यवसायीहरु मर्कामा परेको आरोप लगाएका छन् । नेपाल उद्योग वाणिज्य संघ, काठमाडौंको तेस्रो वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले महासंघकै कारण उद्यमी व्यवसायीहरुको मनोबल इतिहासमै सर्वाधिक कमजोर बनेको बताएका हुन् ।

महासंघका बरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठलाई छेउमै राखेर पूर्व उपाध्यक्ष श्रेष्ठले महासंघको नेतृत्वमाथि प्रश्न गरेका हुन् । महासंघको गत निर्वाचनमा अञ्जन श्रेष्ठ र उमेश श्रेष्ठले बरिष्ठ उपाध्यक्षका लागि प्रतिष्पर्धा गरेका थिए । पहिलो चरणमा नतिजा नआएपछि दोश्रो चरणमा पुगेका उमेशले अञ्जनलाई सहमतिमा बरिष्ठ उपाध्यक्ष बनाएका थिए । निर्वाचनपछि बिजयीलाई बधाई दिने क्रममा पनि उमेशले महासंघको निर्वाचन दुषित हुँदै गएको आरोप लगाएका थिए ।

मञ्चबाटै उमेशलाल श्रेष्ठले महासंघको चुनाव दुषित भएको, पैसाको व्यापक चलखेल हुने गरेको, एक चरणको चुनावमै ५–१० करोड खर्च हुने गरेको यसरी महासंघ चल्न नसक्ने बताउँदै उनले दोश्रो चरणमा प्रतिष्पर्धा नगरेको बताएका थिए ।
उनले सोहि दिनलाई सम्झाउँदै भने–‘व्यवसायीको हकहितमा बोल्दा महासंघबाट म फालिने, महासंघले आज कसैको कुरा सुन्दैन, केहि समस्या देख्दैन्, महासंघ त अन्धो।बहिरो छ, व्यासायीहरु मारको मारमा छन् ।’

उमेश श्रेष्टले बोलिरहँदा अञ्जन श्रेष्ठले मोबाइल चलाएपछि उनले त्यसरी मोबाइल नचलाउन र आफ्ना कुरा सुन्न पनि भने । ‘अञ्जन भाई मोबाइल नचलाऊ त, कम्तीमा भाषण त सुन यार ।’ उमेशले भनेका थिए । महासंघको कमजोर नेतृत्वका कारण सरकारले निजी क्षेत्रलाई सुन्नै छाडेको आरोप पनि लगाए । ‘सरकारले त सुन्न देख्न र गर्न समेत छाडेको छ । सँधै आस्वासन मात्रै दिन्छ, मलाई लाग्छ सरकारको त निधारदेखि माथि सबै खाली छ ।’, उमेशले भनेका थिए ।
उनले नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्शले पनि व्यवसायीको आवाज गतिलो ढंगले उठाउन नसकेको आरोप लगाएका थिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्