Skip to content
Shikhar Insurance
National Life

अक्षयकोषका लागि जुट्यो ७४ लाख

Hyundai
NCELL
NIMB

म्याग्दी । मालिका गाउँपालिका–७ बिममा सञ्चालित किसानी कृषि प्राविधिक शिक्षालयले जेहेन्दार विद्यार्थीलाई नि:शुल्क शिक्षा उपलब्ध गराउने उद्देश्यले स्थापना गरेको अक्षयकोषमा ७४ लाख सङ्कलन भएको छ ।

गत कात्तिक १७ गते शिक्षालयले स्थापनाको घोषणा गरेको किसानी सञ्जीवनी अक्षयकोषमा ७३ लाख ६७ हजार पाँचसय ७२ सङ्कलन भएको शिक्षालयका प्राचार्य जङ्गबहादुर गर्बुजाले जानकारी दिएका हुन् ।

वि.सं २०६८ मा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्सि (टिइभिटी) बाट सम्बन्धन प्राप्त गरी २९ महिने कनिष्ठ प्राविधिक सहायक (जेटिए( कोर्ष सुरु गरेको यो शिक्षालयमा २०७२ सालदेखि तीनवर्षे डिप्लोमा इन एग्रिकल्चर (बाली विज्ञान) र तीनवर्षे पशुविज्ञान पठनपाठन पनि सुरु भएको छ । बाली विज्ञान र पशु चिकित्सा (भेटेरिनरी) अध्ययनका लागि यहाँ आउने विद्यार्थीहरुको सङ्ख्या बढ्दै गएको शिक्षालयले जनाएको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्