Skip to content
Shikhar Insurance
National Life

अख्तियारद्वारा अकुत सम्पत्ति कमाएको अभियोगमा कौशलेन्द्र मिश्रविरुद्ध मुद्दा दायर

Hyundai
NCELL
NIMB

काठमाडाैं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी रूपमा अकुत सम्पत्ति कमाएको अभियोगमा सर्लाहीको बलरा नगरपालिकाका तत्कालीन जनस्वास्थ्य अधिकृत कौशलेन्द्र मिश्रविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगले गरेको अनुसन्धानबाट मिश्र सार्वजनिक सेवामा २०५७ असार सात गते प्रवेश गरेको र २०७८ कात्तिक २६ गतेसम्मको अवधिमा १ करोड १३ लाख ४५ हजार आठ सय पाँच रूपैयाँ मात्रै बैध आय गरेको पाइएको छ । सो अवधिमा उनको २ करोड ४३ लाख ९१ हजार पाँच सय ६५ रूपैयाँ बराबरको लगानी भएको देखिएको छ ।

अनुसन्धनमा १ करोड ३० लाख ४५ हजार सात सय ७० रूपैयाँ बराबरको सम्पत्तिको स्रोत नखुलेकाले मिश्रले गैरकानुनी रुपमा आर्जन गरेको सम्पत्ति सगोलमा रहेका पत्नी सरोज कुमारी र तुलसीकुमारी मिश्रको नाममा समेत राखेको पाइएको छ । आयोगले उनीहरुको नाममा रहेको सम्पत्तिसमेत जफथ गर्न माग गरेको छ ।

आयोगले बिगो बराबरको रकम असुलीको माग गर्दै आज विशेष अदालतमा मुद्दा दायर गरेको प्रवक्ता भोला दाहालले जानकारी दिए।

GBIME

प्रतिक्रिया दिनुहोस्