Skip to content
Shikhar Insurance
National Life

सेयर बजारमा हरियाली, कारोबार रकम पनि सुधार

Hyundai
NCELL
NIMB

काठमाडौं । बुधबार सेयर बजार हरियाली भएको छ । अघिल्लो दिन सामान्य सुधार भएर बन्द भएको सेयर बजार आज भने उल्लेख्य वृद्धि भएको हो ।

बुधबार नेपाल स्टक एक्सचेनज(नेप्से) का अनुसार परिसूचक ४७.४४ अंकले उकालो लागेर १,९८१.४८ को विन्दुमा बन्द भएको छ ।
त्यस्तै, ठुला कम्पनीको सेयर मापक सेन्सेटिभ इण्डेक्स पनि ९.१९ अंकले बढेर ३८५.३६ को विन्दुमा बन्द भएको हो ।

नेप्सेका अनुसार दिनभरीमा २२७ कम्पनीको १ अर्ब ४५ करोड ३८ लाख २४ हजार रुपैयाँ बराबरको ४६ लाख १८ हजार ५ सय १६ कित्ता सेयर खरिदबिक्री भए । बुधबार नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ९२ करोड २५ लाख रुपैयाँमा सिमित रहेको सेयर बजार यस दिन भने उल्लेख्य वृद्धि भएको हो ।

सो दिन कारोबारमा आएको १८४ कम्पनीको सेयर मूल्य बढेको छ । भने, ५ कम्पनीको सेयर मूल्य घटेको छ ।

कारोबार रकमको आधारमा नबील बैंकको सेयर सर्वाधिक खरिदबिक्री भएको छ । बैंकको ६ करोड ५१ लाख ६९ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको हो ।

त्यसैगरि, गोखार्ज फाइनान्सको ४ करोड ५७ लाख ७ हजार, हिमालयन एभरेष्ट इन्स्योरेन्सको ४ करोड ३४ लाख ४७ हजार, अपी पावर कम्पनीको ४ करोड २९ लाख ६८ हजार र हिमालयन डिस्टिलरीको ३ करोड ९२ लाख ३७ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।
यस दिन ग्रीन डेभलपमेण्ट बैंकको सेयर पोजेटिभ सर्किट लेभलमा कारोबार भएको छ । लिबिर्टी इनर्जि कम्पनीको सेयर मूल्य ८.३२ प्रतिशतले बढेको छ । भने, एनआईसी एशीया फ्लोक्सी क्याप फण्ड नेगेटिभ सर्किट लागेको छ । नबील प्रगति फण्डको मूल्य ८.९५ प्रतिशतले घटेको छ ।

समूहगत उपसूचकहरु सबै बढेका छन् । सबैभन्दा बढी फाइनान्स समूहको परिसूचक ५.९३ प्रतिशतले बढेको हो । बुधबारको सेयर कारोबारमा फाइनान्सतर्फ लगानिकर्ताहरु बढी आकर्षण दखिएका छन् ।

त्यस्तै, व्यापार समूह ५.७५, डेपलपमेण्ट बैंक ४.६२, हाइड्रोपावर ३.६२, अन्य २.९०, होटल एण्ड टुरीजम २.५६, इन्भेष्टमेण्ट २.५५, माइक्रोफाइनान्स २.४३, उत्पादनमुलक समूह २.२७, बैकिङ्ग १.८६, निर्जिवन बीमा समूह १.४९, जिवन बीमा समूह १.४५ र म्युचुअल फण्ड १.२४ प्रतिशतले बढेको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्