Skip to content
Shikhar Insurance
National Life

नर्भिकमा डा. नुतनले गरिन मधुमेह भएकी ८१ बर्षिया महिलाको दुरबिनबाट सफल शल्यक्रिया

Hyundai
NCELL
NIMB

काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलमा ८१ बर्षिय बृद्धाको दुरबिन प्रविधिबाट पाठेघरको सफल शल्यक्रिया गरिएको छ ।
नर्भिक हस्पिटलकी बरिष्ठ स्त्री रोग एवं ल्याप्रास्कोपिक सर्जन डा. नुतन शर्मासहितको टिमले बिहिवार विहान बिराटनगरकी बिद्यादेवी भट्टराईको पाठेघरको सफल शल्यक्रिया गरेको हो ।

छातीसम्बन्धी समस्याका साथै उच्च रक्तचाप, मधुमेह र थाइराइडको समस्याबाट ग्रसित भट्टराईको दुरबिन प्रविधिबाट शल्यक्रिया मार्फत पाठेघर झिकिएको डा. शर्माले बताईन ।
बढी उमेर समुह र मोटोपन भएका बिरामीको दुरविन प्रविधिबाट शल्यक्रिया सम्भव हुदैन कि भन्ने धारणा कतिपय बिरामीमा हुने गरेको भन्दै डा. शर्माले भनिन, नर्भिक हस्पिटलमा दुवै उच्च जोखिम समुहका बिरामीको सफल रुपमा दुरबिनबाट शल्यक्रिया गरिसकेका छौ । यसअघि १३४ किलो तौल समुहको महिलाको पनि डा.शर्मासहितको टिमले दुरबिन प्रविधिबाट पाठेघरको सफल शल्यक्रिया गरेको थियो ।

पेट चिरेर गरिने भन्दा दुरबिन प्रविधिबाट गरिने शल्यक्रिया बिरामीका लागि सुविधायुक्त र लाभदायक हुने गर्दछ ।

सामान्यतः बृद्धा अवस्थामा विभिन्न स्वास्थ्य समस्या भएकी महिलाको दुरबिनबाट पाठेघरको अप्रेशन गर्नु जटिल मानिएपनि नर्भिक अस्पतालका दक्ष चिकित्सकसहितको टिमले सफल उपचार गरेको अस्पतालले जनाएको छ ।

ल्याप्रोस्कोपिक प्रविधिबाट शल्यक्रिया गर्दा बिरामीको अस्पताल बसाई पनि कम हुने र छिट्टै रिकभर भई नियमित दैनिकीमा फर्किन सक्ने डा. शर्माले बताईन ।
शल्यक्रियापछि बिरामीको अवस्थामा सामान्य रहेको र भोली शनिवार बिरामीलाई डिस्चार्ज गरिने अस्पतालले जनाएको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्