Skip to content
Shikhar Insurance
National Life

कोरोनाका कारण एमाले नेता चौलागाईंको निधन

Hyundai
NCELL
NIMB

काठमाडौं । कोरोनाका कारण नेकपा एमालेका नेता तथा प्रदेश सभा सांसद पशुपति चौलागाईंको निधन भएको छ । चौलागाईं दोलखा २ बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए ।

उनको मनमोहन अस्पतालमा उपचार भइरहेको थियो । चौलागाईंको निधन एमाले नेता सुरेन्द्र पाण्डेले पुष्टि गरेका छन् ।

चौलागाईं एमाले पोलिटब्युरो सदस्य  थिए । विद्यार्थी उमेरदेखि नै राजनीतिमा लागेका उनको छवि एमाले भित्र हठी स्वभाव सँगै निष्ठा र त्याग थियो ।

अनेरास्ववियुको वागमती संयोजकसहित केन्द्रिय सदस्य, नेकपा एमाले दोलखाको पार्टी सचिव (प्रमुख), एमाले वागमती अञ्चल सदस्य, सह ईन्चार्ज, ईन्चार्ज हुदै हालको वाग्मती प्रदेशका प्रायः जिल्लाहरु जोडिएको पार्टीको वागमती कमिटीमा बसेर लामो समय कमाण्ड सम्हालेका चौलागाईंलाई एमाले भित्र प्रदेशको सम्भावित मुख्य मन्त्रीका रुपमा हेरिएको थियो । उनी माधव नेपाल समुहको वाग्मति प्रदेश इन्चार्ज थिए ।

२०५६ मा दोलखा १ बाट निर्वाचित र २०७० मा समानुपातिक कोटा र  २०७४ को चुनावमा दोलखा २ बाट  प्रदेश सभा सदस्य जितेका थिए ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्