Skip to content
Shikhar Insurance
National Life

केपी ओली दलालहरुका संरक्षक हुन्ः सुदेश पराजुली

Hyundai
NCELL
NIMB

काठमाडौं । अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले केपी ओली दलालहरुका संरक्षक भएको आरोप लगाएका छन् । अनेरास्ववियू र युवा संघ नेपाल कञ्चनपुरको जिल्ला भेला तथा नेतृत्व चयन कार्यक्रममा बोल्दै उनले भने–‘दलाल मफियाको संरक्षक हो हिजो सरकार रहदा यति ओम्नी काण्ड, ७० करोड भ्रष्टाचारको मुख्य नाईके केपि ओलि हो, हिजो दरबारमा कम्युनिष्ट पार्टी झन्डा बुझाउने रायमाझी हो, आज कम्युनिष्ट पार्टी झन्डा भारतीय खुफिया एजेन्सीका सामान्त गोयललाई बुझाउने केपि हो । केपि ओलिबाट कम्युनिष्ट पार्टीलाई जोगाउने अहिले प्रमुख दायित्व हो ।’

कार्यक्रममा युवा संघ नेपालका उपाध्यक्ष नितेश पौडेलले ओलीका कारण बदनाम हुन लागेको कम्युनिष्ट आन्दोलनलाई जोगाउन आफुहरुले नयाँ पार्टी गठन गरेर बिद्रोह गरेको बताए । कार्यक्रममा सुदुरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्री तारा लामा तामाङ्ग, नेकपा(एकिकृत समाजवादी)का नेता लाल बहादुर खड्का, अनेरास्ववियूका उपाध्यक्ष माधव पन्त लगायतको उपस्थिति थियो ।

भेलाले रमेश पन्त संयोजक र प्रज्वल कुवर सह संयोजक रहेको अनेरास्ववियू जिल्ला कमिटी र हरिश पन्तको संयोजकत्वमा युवा संघ नेपाल जिल्ला कमिटी गठन गरेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्