ट्रम्पसँग झगडा गरेर निस्केपछि जेलेनेस्कीलाई  युरोपेली नेताको साथ, युक्रेन ‘एक्लो छैन’

काठमाडौं । ह्वाइट हाउसमा युक्रेनी राष्ट्रपति भोलोदमिर जेलेनेस्की र अमेरिकी राष्ट्रपति डोलाल्ड ट्रम्पबिच भएको वार्तामा विवाद चुलिएपछि युरोपेली नेताहरु जेलेनेस्कीको पक्षमा उभिएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको जित देखिने गरी युद्धविराम गराउन बाध्य पार्न लागेपछि विवाद चुलिएको हो । अमेरिकी सहयोगी युरोपेली मुलुकका नेताले अमेरिकी र युक्रेनी नेताहरूबचिको चर्काचर्की सञ्चारमाध्यममा आएसँगै जेलेन्स्की र युक्रेनको समर्थनमा आफ्ना भनाइहरू सार्वजनिक गरेका छन् । युरोपेली आयोग र युरोपेली काउन्सिलका क्रमशः प्रमुख उर्सुला भोन डेर लेयेन र एन्टोनियो कोस्टाले जेलेन्स्की कहिल्यै एक्लो नभएको बताएका छन् । “बलियो बन्नुस्, साहसी बन्नुस् र निडर बन्नुस्”, भोन डेर लेयन र कोस्टाले सामाजिक सञ्जालमा संयुक्त विज्ञप्ति जारी गर्दै जेलेन्स्कीलाई भनेका छन्, “हामी न्यायपूर्ण र स्थायी शान्तिका लागि तपाइको साथमा सहकार्य गरिरहनेछौँ ।” यसैबीच, इयूका शीर्ष कूटनीतिज्ञ काजा कल्लासले युरोपेली शक्ति र वासिङ्टनबीचको ट्रान्सएटलान्टिक गठबन्धनबारे अमेरिकी नेतृत्वमाथि प्रश्न उठाएका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, “आज, यो स्पष्ट भयो कि यो चुनौतीको सामना गर्नको लागि स्वतन्त्र विश्वलाई नयाँ नेताको खाँचो छ। यसका लागि हामी युरोपेलीहरू के गर्छौँ यसमा निर्भर रहनेछ ।” वार्ता अवरूद्ध भएसँगै युक्रेनको समर्थनमा पोल्याण्डका प्रधानमन्त्री डोनाल्ड टस्कले जेलेन्स्कीलाई सङ्केत गर्दै भने, “तपाईं एक्लो हुनुहुन्न ।” बेलायती प्रधानमन्त्री केइर स्टार्मरले ट्रम्प र जेलेन्स्की दुवैसँग फोनमा कुरा भएको र किएभलाई ‘अटुट … ट्रम्पसँग झगडा गरेर निस्केपछि जेलेनेस्कीलाई  युरोपेली नेताको साथ, युक्रेन ‘एक्लो छैन’ पढ्न जारी राख्नुहोस्