काठमाडौं । वैदेशिक रोजगारीको नाममा ठगी गर्ने दुई जना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले जेठ २५ गते काठमाडौं महानगरपालिका–३२ नरेफाँटबाट दुई जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा मोरङ रतुवामाई नपा–१० स्थायी ठेगाना भएका ४४ वर्षीय लक्ष्मण पराजुली र धनुषा सबेला नपा–१२ स्थायी ठेगाना भएका ४७ वर्षीय अरुण राज शर्मा रहेका छन् ।
उनीहरूलाई वैदेशिक रोजगार विभाग, ताहाचल काठमाडौंको अनुरोधमा आवश्यक अनुसन्धान र कारबाहीका लागि जेठ २६ गते सोही विभागमा बुझाइएको प्रहरीले जनाएको छ ।
उनीहरुले वैदेशिक रोजगारीका लागि युके पठाइदिन्छु भन्दै हालसम्म ३८ जना पीडितहरूबाट ११ करोड ६ लाख ९७ हजार रुपैयाँ रकम ठगी गरेको प्रहरीले जनाएको छ ।
उक्त घटनासम्बन्धी महेश लिम्बुले उजुरी दर्ता गराएका हुन् ।
प्रतिक्रिया दिनुहोस्