युक्रेनी खनिज पाइने भएपछि ट्रम्पको युटर्न, खर्बौ डलरको प्राकृतिक स्रोतमा ह्वाइट हाउसमा सम्झौता हुँदै

काठमाडौं । संयुक्त राज्य अमेरिकामा डोनाल्ड ट्रम्प सत्तामा आएपछि अनौठो व्यवहारहरु देखाइरहेका छन् । एक हप्ताअघि मात्रै डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीलाई ‘तानाशाह’ भनेका थियो । शुक्रबार उनले युक्रेनी राष्ट्रपतिलाई ह्वाइट हाउसमा स्वागत गर्दै छन् । व्यपारिक पृष्ठभुमिबाट राष्ट्रपति बनेका ट्रम्प युक्रेनले आफ्नो खनिज पदार्थहरुमा पहुँच दिने भएपछि युटर्न भएका छन् । ट्रम्पले युक्रेनलाई खनिज पदार्थमा हस्ताक्षर गर्न बाध्य बनाएका छन् । राष्ट्रपतिमा निर्वाचित हुने बित्तिकै ट्रम्पले रुसका राष्ट्रपति भ्लादमिर पुटिनलाई साथ दिन थालेपछि युक्रेनी राष्ट्रपति जेलेनेस्की त्रसित भएका थिए । यद्यपी खनिज पदार्थको हस्ताक्षरबाट युक्रेनले रुसबाट कहिले पनि आक्रमण नहुने सुरक्षाको प्रत्याभुति खोजेका छन् । तर राष्ट्रपति ट्रम्पले भने युक्रेन र रसिया दुबै देशबाट अधिक खनिज प्राप्त गर्ने बाटोलाई खुला राखेका छन् । यो बिचमा राष्ट्रपति ट्रम्पले युक्रेन कुनै दिन रसियाको हुन सक्ने बताइसकेका छन् । शुक्रबार दुई राष्ट्रपतिबिचमा वासिङ्टनलाई युक्रेनको दुर्लभ खनिजहरूमा पहुँच प्रदान गर्ने सम्झौतामा हस्ताक्षर हुने कार्यक्रम छ । किएभले ट्रम्पको रूसतर्फको हालैको झुकावका बावजुद समर्थन सुरक्षित गर्न खोजिरहेका बेला यो असाधारण परिवर्तनले वासिङ्टनमा केन्द्रित एक हप्ताको तीव्र अन्तर्राष्ट्रिय कूटनीतिलाई समेट्छ । ट्रम्पले दुई साताअघि किएभबिना रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग कुरा गर्दै तीन वर्ष पुरानो युद्ध अन्त्य गर्ने वार्ता सुरु गरेर युक्रेनबारे अमेरिकाको वर्षौंको नीतिलाई उल्टाइदिएका थिए । उनले जेलेन्स्कीलाई ‘चुनावविहीन तानाशाह’ भनेर हप्काउँदै र … युक्रेनी खनिज पाइने भएपछि ट्रम्पको युटर्न, खर्बौ डलरको प्राकृतिक स्रोतमा ह्वाइट हाउसमा सम्झौता हुँदै पढ्न जारी राख्नुहोस्