इतिहासमै सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी चोरी, ह्याकरले चोर्यो डेढ अर्ब डलरको क्रिप्टो

काठमाडौं । इतिहासमै सबैभन्दा ठूलो क्रिप्टोकरेन्सीको चोरी भएको छ । ह्याकरहरूले १.५ अर्ब डलर (१.१ बिलियन पाउन्ड) बराबरको डिजिटल मुद्रा चोरेका हुन् । क्रिप्टोकरेन्सी फर्म बाइबिटका अनुसार ह्याकरहरूले १.५ अर्ब डलर (१.१ बिलियन पाउन्ड) बराबरको डिजिटल मुद्रा चोरेका छन् । जुन इतिहासकै सबैभन्दा ठूलो क्रिप्टो चोरी हुन सक्ने दाबी गरेका छन् । दुबईस्थित कम्पनीका संस्थापकले प्रयोगकर्ताहरूलाई उनीहरूको कोष “सुरक्षित” रहेको र प्रभावित मध्ये सबैलाई क्षतिपुर्ति दिने बताएका छन्। ह्याकरले यसको एथेरियम सिक्का डिजिटल वालेटबाट चोरेको बताइएको छ । एथेरियम बिटक्वाइन पछि मूल्यको आधारमा दोस्रो ठूलो क्रिप्टोकरेन्सी हो। बाइबिटका संस्थापक बेन झोउले उक्त रकम फर्मले वा साझेदारहरूबाट ऋण लिएर कभर गर्ने  बताएका छन्। बाइबिटसँग २० अर्ब डलर (१५ अर्ब पाउन्ड) को सम्पत्ति छ । बाइबिटका अनुसार ह्याकरहरूले सुरक्षा सुविधाहरूको दुरुपयोग गरे र त्यसपछि अज्ञात ठेगानामा पैसा स्थानान्तरण गरेका छन्। चोरी पछि, एथेरियमको मूल्य शुक्रबार (फेब्रुअरी २२) मा कम्पनीको लगभग ४ प्रतिशतले मूल्य घटेको छ । यसको प्रति सिक्का  २ हजार ६४१. ४१ अमेरिकी डलर रहेको छ । सन् २०२२ मा रोनिन नेटवर्कबाट ६२ करोड अमेरिकी डलर (४९ करोड पाउन्ड) बराबरको इथेरियम र अमेरिकी डलरको सिक्का चोरी भएको थियो । बाइबिटको स्थापना सन् २०१८ मा भएको थियो । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र पेपालका पूर्व प्रमुख पिटर थिएल यसका प्रारम्भिक लगानीकर्ताहरूमध्ये एक … इतिहासमै सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी चोरी, ह्याकरले चोर्यो डेढ अर्ब डलरको क्रिप्टो पढ्न जारी राख्नुहोस्