संसद र अदालत छल्दै नयाँ स्टक एक्सचेञ्जलाई लाइसेन्स दिने तयारी, पाँच अर्बको भारी बोक्दै ७ भाई संचालक

काठमाडौं । संसद र अदालतलाई छल्दै नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स दिने तयारी पुन: सुरु भएको छ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले संसदलाई छल्दै सर्वाच्च अदालतमा विचाराधिन अवस्थामा रहेको मुद्धालाई समेत नजरअन्दाज गरि नयाँ स्टक एक्सचेञ्जलाई लाइसेन्स दिने तयारी थालेका हुन् । प्रतिपक्षीहरुको चर्का दबावपछि सरकारले माघ १८ गतेका लागि संसद बोलाउने निर्णय गरेको थियो । सरकारको निर्णय अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले माघ १८ गते शुक्रबार दिउँसो १ बजेका लागि प्रतिनिधि सभाको बैठक बोलाईसकेका छन् । संसद बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी लगायतले नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स वितरण प्रक्रियालाई प्रमुख एजेण्डा बनाउने तयारी गरेका छन् ।विपक्षीहरुले एकिकृत रुपमै नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स प्रक्रियाबारे आवाज उठाउने सुइको पाएपछि संसद बैठक अघि नै मूल्यांकनको काम सकेर लाइसेन्स सिफारिस गर्ने तयारी भएको हो । धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठले यसै साता बोर्ड सञ्चालक समितिको बैठक बोलाउने तयारी गरेका छन् । ‘यो हप्ता बोर्ड बैठक डाक्ने तयारी भैरहेको खबर छ, अध्यक्षज्यूले केहि सञ्चालकहरुसँग अनौपचारिक संवाद समेत गर्नु भएको बुझिन्छ, नयाँ स्टक एक्सचेञ्जको लाइसेन्सका लागि आवेदकहरुको फाइल खोली नम्बर चढाउने प्रक्रिया पुन: आरम्भ कसरी गर्ने भन्नेबारे सो बोर्ड बैठकमा छलफल हुने चर्चा छ ।’ बोर्ड उच्च स्रोतले सिंहदबारसँग भन्यो । सर्वोच्च अदालतको संबैधानिक इजलासलाई पनि बाईपास … संसद र अदालत छल्दै नयाँ स्टक एक्सचेञ्जलाई लाइसेन्स दिने तयारी, पाँच अर्बको भारी बोक्दै ७ भाई संचालक पढ्न जारी राख्नुहोस्