प्रधानमन्त्री र अर्थमन्त्रीको सम्बन्ध चिसियो, विदेशबाटै जंगिदै अर्थमन्त्रीको फोन
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अर्थमन्त्री डा. प्रकाश शरण महतको सम्बन्धमा दरार आएको छ । पछिल्लो समय मन्त्रिपरिषद पुनर्गठनको तयारी र अर्थ र गृहमन्त्री हटाउने चर्चा चलिरहेकै बेला प्रधानमन्त्री र अर्थमन्त्रीको सम्बन्ध बिग्रिएको तथ्य उजागर भएको हो । प्रधानमन्त्री प्रचण्ड स्वयंले अर्थमन्त्रीसँगको सम्बन्ध बिग्रिएको संकेत गरेका हुन् । नेपाल उद्योग बाणिज्य महासंघले बिहिबार राजधानीमा आयोजना गरेको राष्ट्रिय आर्थिक बहस कार्यक्रममा अर्थतन्त्र सुधारका लागि सरकारले गठन गर्ने भनेको उच्चस्तरिय आयोगबारे अर्थमन्त्रीले असन्तुष्टि जनाएको तथ्य प्रचण्डले नै उजागर गरिदिएका हुन् । मोरोक्को भ्रमणमा रहेका बेला आफुलाई बाइपास गरेर अर्थतन्त्र सुधारका लागि उच्चस्तरिय आयोग गठन तयारी गरेको भन्दै अर्थमन्त्रीले फोनै गरेर प्रधानमन्त्रीसँग असन्तुष्ठि पोखेका हुन् । ‘त्यो कुरा भएको एक घण्टापछि अर्थमन्त्रीज्युका फोन आयो मलाई, यस्तो–यस्तो कुरा सुनेँ, के हो ? भन्नुभयो ।’, प्रधानमन्त्री प्रचण्डले अर्थमन्त्रीसँगको संवाद उदृत गर्दै भने–‘भएको त केहि पनि छैन, हामीले सल्लाह गर्दै आएका छौं । एक बर्षदेखि अर्थतन्त्र सुधारका लागि प्रयास गर्दै आएका छौं, उहाँहरुले सुझाव ल्याउनु भएको छ, त्यो सुझावलाई हामीले सकारात्मक रुपले लिन्छौं, आजै निर्णय गर्ने कुरा पनि होइन, तपाई नआई, अर्थमन्त्री, अर्थसचिव नभई राम्रोसँग सल्लाह नगरी केहि निर्णय त गरिदैँन तर हामी जुन समस्याको समाधानका लागि सबै मिलेर एउटा यस्तो संयन्त्र आवश्यक छ, जसको सुझावका बलमा समस्याको समाधान गर्न सकौं भनेर मैले उहाँलाई … Continue reading प्रधानमन्त्री र अर्थमन्त्रीको सम्बन्ध चिसियो, विदेशबाटै जंगिदै अर्थमन्त्रीको फोन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed