‘नेप्से बुल ह्विस्की’बाट नेप्से हटाउन निर्देशन, अन्यथा कानुनी उपचार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्च(नेप्से)ले नेप्से बुल ह्विस्कीबाट नेप्से शब्द हटाउन निर्देशन दिएको छ । सेयर बजारका लगानीकर्ता सन्दीप जलान नेतृत्वको सागर डिष्टिलरी लिमिटेडले नेप्से बुल ह्विस्की सार्वजनिक गरेको थियो । सो ह्विस्कीले नेप्सेको नाम दुरुपयोग गरेको र सेयर बजारका लगानीकर्ताहरुमा गलत सन्देश गएको भन्दै नेप्सेले आफ्नो नाम हटाउन निर्देशन दिएको हो । ‘हामीले १५ दिनभित्र ह्विस्कीबाट नेप्सेको नाम हटाउन निर्देशन दिएका छौं, तोकिएको समयमा नेप्से नाम नहटे हदैसम्मको कानुनी कारबाही हुनेछ’, नेप्सेका सीईओ कृष्णबहादुर कार्कीले सिंहदरबारसँग भने । नेप्सेले सागर डिष्टिलरी लिमिटेडका नाममा १५ दिनभित्र ह्विस्कीबाट नेप्से नाम हटाउन सोमबार पत्राचार गरिसकेको छ । सागर डिष्टिलरीले असोज १९ गते शुक्रबार सेयर बजारका लगानीकर्ता, ब्रोकरलगायतका बाक्लो उपस्थितिमा नेप्से बुल नामको ह्वीस्की सार्वजनिक गरेको थियो । नेप्से बुल ह्विस्कीले नेप्सेको नाम दुरुपयोग गरेको भन्दै सिंहदरबारले समाचार प्रकाशित गरेको थियो ।https://singhadarbar.com/post/96179/ ह्वीस्की सार्वजनिक गरिनु भन्दा केहि दिन अघिदेखि नै सेयर बजारका लगानीकर्ताहरुले सामाजिक सञ्जालमा ‘आई एम नेप्से बुल’ भन्दै फोटो बनाएर सेयर गरेका थिए । आईपीओ जारी गरेर नेप्सेमा सूचीकृत हुने तयारी गरेको सागर डिष्टिलरीका लागि नेप्से बुल ह्विस्की भने महंगो पर्ने देखिएको छ । नेप्सेले आफ्नो नाम समावेश गरेकोमा आपत्ति जनाउँदै १५ दिने म्याद तोकेर सच्याउन निर्देशन दिएपछि नेप्से बुलका लागि गरिएको लगानी नै डुब्ने भएको छ । सागर डिष्टिलरीले भोड्का … Continue reading ‘नेप्से बुल ह्विस्की’बाट नेप्से हटाउन निर्देशन, अन्यथा कानुनी उपचार