नेप्से बुल व्हिस्की विवादमा, ६० लाख लगानीकर्ताको सेन्टिमेन्टकाे दुरुपयोग, नेप्सेको आपत्ति
काठमाडौं । नेप्से बुल व्हिस्की विवादमा तानिएको छ । नेपालको एक मात्र धितोपत्र कारोबार संचालक कम्पनी नेपाल स्टक एक्सचेञ्जलाई छोटकरीमा नेप्से भन्ने गरिएको छ । त्यही नेप्से नाम राखेर सेयर बजारका चर्चित लगानी कर्ता सन्दीप जलानको कम्पनीले नेप्से बुल नामको व्हिस्की सार्वजनिक गरेको छ । ६० लाख लगानी कर्ताको सेन्टिमेन्टलाई दुरुपयोग गर्दै नेप्से बुल व्हिस्की ल्याएपछि नेप्सेका सिईओ कृष्ण बहादुर कार्कीले आपत्ति जनाए । ‘सम्वेदनशिल र लाखौं लगानीकर्ताको भावना जाेडिएको नेप्सेको नाममा रक्सीको ब्राण्ड सार्वजनिक भयो भन्ने सुन्दा अचम्म लागेको छ, त्यो रक्सिको नामबाट नेप्से शब्द हटाइनु पर्छ’, नेप्सेका सिईओ कार्कीले सिंहदरबारसंग भने । उनले नेप्से बुल व्हिस्कीबाट तत्काल नेप्से शब्द हटाउन सम्बन्धित कम्पनीलाई आग्रह गरे, अन्यथा नेप्सेले कानुनी बाटो अपनाउने चेतावनी पनि उनले दिए । ‘नेपाल स्टक एक्सचेञ्ज नै नेप्से हो, यो सार्वजनिक सम्पती र नागरिक मनोबैज्ञान हो, यसको नाममा रक्सी ल्याउन दिने कुरा कल्पनै गर्न सकिन्न, त्यो नाम सच्चियोस’, नेप्सेका सिईओ कार्कीले भने । अब नेप्से नाम राखिएका सबै कम्पनीलाई त्यस्तो नाम हटाउने लगाउने पनि उनले बताए । सेयर बजारका चर्चित लगानी कर्ता सन्दीप जलानको समेत लगानी रहेको सागर डिस्टिलरीले नेप्से बुल व्हिस्की ल्याएको हो । व्हिस्की असोज १९ गते शुक्रबार सार्वजनिक गरिएको थियो । सेयर बजारका लगानी कर्ता ब्रोकरहरुको उपस्तिथिमा नेप्से बुल सार्वजनिक गरिएको हो । सेयर … Continue reading नेप्से बुल व्हिस्की विवादमा, ६० लाख लगानीकर्ताको सेन्टिमेन्टकाे दुरुपयोग, नेप्सेको आपत्ति
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed