Shikhar Insurance
National Life

१४ अर्ब पुँजीको सिटिजन्स बैंकले किन दियो नगद लाभांश ? यसो भन्छन् सीईओ

सिंहदरबार संवाददाता
२०८० भाद्र ३१, आईतवार ११:२०
Hyundai
NCELL
NIMB

काठमाडौं । बैंकहरुबीच पुँजी बढाउने प्रतिष्पर्धाका बीच सानो पुँजीमा व्यवसाय गरिरहेको भनिएको सिटिजन्स बैंक इन्टरनेशनले भने यसपाली नगद लाभांश मात्रै प्रस्ताव गर्यो । बैंकले गत आथिृक बर्षको नाफाबाट आफ्ना लगानीकर्ताहरुलाई ५.७९ प्रतिशत नगद लाभांश(करसहित) दिने निर्णय गरेको छ ।

हाल बैंकको चुक्ता पुँजी १४ अर्ब २० करोड ९ लाख ७४ हजार ६ रुपैयाँ छ । बैंकले यो पुँजीको ५.७९ प्रतिशतले हुने ८२ करोड २१ लाख ६१ हजार ६ सय ५२ रुपैयाँ ९६ पैसा बराबरको नगद लाभांश दिने भनेको हो । नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी साधारण सभाबाट पारित गरेपछि बैंकले प्रस्तावित लाभांश वितरण गर्नेछ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

१४ अर्ब २० करोड चुक्ता पुँजीको बैंकले नगद लाभांश प्रस्ताव किन गरेको ? भन्ने प्रश्न प्रश्नको जवाफमा सीईओ गणेश राज पोखरेल भन्छन्–‘हामी अहिले पुँजीका लागि सुबिधाजनक अवस्थामा छौं, फेरि १० बर्से अवधीको १० प्रतिशत प्रतिफल दिने ३ अर्बको बण्ड पनि स्वीकृतिको चरणमा छ, पुँजीका कारण व्यवसाय विस्तारमा समस्या नरहेकाले नगद लाभांश दिने निर्णय गरेका हौं ।’

उनले यसपाली एकल अंकको प्रतिफल घोषणा गरेको भए पनि आगामी आर्थिक बर्षका लागि भने दुई अंकको प्रतिफल सुनिश्चितता हुने गरि व्यवसाय गरिरहेको पनि बताए । ‘अहिले एकल अंकको लाभांश प्रस्ताव गरेका छौं, आगामी बर्षहरुमा कम्तिमा पनि दुई अंकको प्रतिफल दिने गरि काम गरिरहेका छौं’, सीईओ पोखरेलले सिंहदरबारसँग भने ।

सिटिजन्सले ३ अर्ब रुपैयाँ बराबरको डिबेञ्चर निष्काशनका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको थियो र त्यो स्वीकृतिको अन्तिम चरणमा पुगिसकेको छ । बैंकले १० प्रतिशत प्रतिफल दिने गरि १० बर्षका लागि डिबेञ्चर जारी गर्ने तयारी गरेको छ ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्