गभर्नरमाथि अर्थमन्त्रीको निरन्तर ‘हमला’
काठमाडौं । संसारभर सरकार(अर्थमन्त्री) र केन्द्रिय बैंकका गभर्नरबीचको सम्बन्ध द्धन्द्धात्मक नै हुन्छ । तर कानुनले नै केन्द्रिय बैंकलाई सरकारको आर्थिक सल्लाहकारका रुपमा स्वीकार गर्छ । नेपालका सवालमा पनि केन्द्रिय बैंक अर्थात नेपाल राष्ट्र बैंकलाई सरकारले आफ्नो आर्थिक सल्लाहकार स्वीकार गरेको छ । तर पनि सरकार(अर्थमन्त्री) र नेपाल राष्ट्र बैंकको सम्बन्धमा भने ठूलै दरार आएको छ । अर्थमन्त्री र राष्ट्र बैंकका बीचको सम्बन्धमा चिसोपन भने अघिल्लो सरकारकै पालादेखि आरम्भ भएको थियो । तर निर्वाचनपछि नयाँ जनादेशसहितको सरकार गठन भएर करिब एक बर्ष व्यतित भैसक्दा पनि केन्द्रिय बैंक–सरकार सम्बन्धमा कुनै सुधारको संकेत देखिएको छैन्, बरु सम्वादहिनता र अविश्वास क्रमशः बढिरहेको छ । त्यसको पछिल्लो उदाहरण हो अर्थमन्त्री डा. प्रकाश शरण महतको पछिल्लो सार्वजनिक अभिव्यक्ति । उनले आर्थिक पत्रकारहरुसँगको भेटमा रणनीतिक रुपले नै गभर्नर महाप्रसाद अधिकारीमाथि हमला बोलेका छन् । ‘राष्ट्र बैंकले अहिले शेयर बजारमा लगानी गर्नका लागि समग्र वित्तीय प्रणालीबाट रू १२ करोडभन्दा बढीको शेयर धितो कर्जा नपाउने गरी सीमा तोकेको छ । यस्तो सीमालाई रू १८ देखि २० करोडसम्म बनाउन सकिन्छ ।’, अर्थमन्त्री डा. महतले भनेका छन् । मन्त्ती डा. महत त्यतिमै अडिएनन् । उनले अझै अघि बढ्दै राष्ट्र बैंकले पहिले चलक नीति र अहिले बन्देजकारी नीति लिँदा केही वित्तीय क्षेत्रमा केही समस्या देखिन गएको आरोप पनि लगाए । अनुत्पादक क्षेत्र … Continue reading गभर्नरमाथि अर्थमन्त्रीको निरन्तर ‘हमला’
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed