Shikhar Insurance
National Life

सिंगटीको आईपीओ बाँडफाँड शुक्रबार, ६ मध्ये १ जनालाई १० कित्ता सेयर

सिंहदरबार संवाददाता
२०७७ चैत्र २६, बिहीबार १७:५२
Hyundai
NIMB

काठमाडौं । सिंगटी हाइड्रो इनर्जी कम्पनीको आईपीओ बाँडफाँड शुक्रबार हुने भएको छ । सेयर निष्काशन तथा बिक्री प्रबन्धक मेगा क्यापिटलको कार्यालयमा शुक्रबार बिहान बाँडफाँड हुनेछ ।

मेरो सेयरमा देखिएको प्राविधिक समस्याका कारण बाँडफाँड ढिलो भएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

हाइड्रोको आईपीओमा १६ लाख २३ हजार ४ सय ५० आवेदन परेको थियो । चैत ६ गतेदेखि निष्काशन भएको आईपीओमा सो मात्रामा आवेदकले २ करोड ४७ लाख २० हजार ४ सय ५० कित्ता सेयरका लागि २ अर्ब ४७ करोड २० लाख ४५ हजार बराबरको आवेदन दिएका थिए ।

कम्पनीले २९ करोड बराबरको २९ लाख कित्ता आईपीओ निष्काशन गरेको थियो । कुल निष्काशनमध्ये २ प्रतिशतले हुने ५८ हजार कित्ता कर्मचारीलाई र ५ प्रतिशतले हुने एक लाख ४५ हजार कित्ता सामुहिक लगानीकोषहरुका लागि छुट्याएको छ । बाँकी रहेको २६ लाख ९७ हजार कित्ता सेयर सर्वसाधरणलाई वितरण गरिनेछ ।

अर्थात् २ लाख ६९ हजारले १०–१० कित्ता पाउनेछन् । बाँकी १३ लाख ५४ हजारको हात खाली हुनेछ ।

कम्पनीले यसअघि आयोजनास्थल दोलखा जिल्लाको अति प्रभावित क्षेत्र बिगु र कालिन्चोक गाउँपालिकाका बासिन्दाहरुका १४ करोड ५० लाख रुपैयाँ बराबरको १४ लाख ५० हजार कित्ता आइपीओ बिक्री गरि बाँडफाँट समेत गरिसकेको छ ।

सिंगटी हाइड्रोपावरले दोलखाको कालिञ्चोक गाउँपालिका–२ बाबरे र विगू–५ चिलंखामा पर्ने सोरुङ खोलामा बाँध बाँधेर २५ मेगावट क्षमताको सिंगटी हाइड्रोपावर आयोजना निमार्ण गरिरहेको छ । चार अर्ब ३३ करोड लगानीमध्ये आयोजनामा सिभिल बैंकको नेतृत्वमा १० वटा वाणिज्य बैंकले ७० प्रतिशत ऋण लगानी गरेका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्