Shikhar Insurance
National Life

होटल संघ नेपालद्वारा विभिन्न सम्मेलनका रूपमा नेपाललाई स्थापित गर्न कार्यक्रम आयोजना

सिंहदरबार संवाददाता
२०८० भाद्र २७, बुधबार १४:४५
Hyundai
NCELL
NIMB

काठमाडौं । होटल संघ नेपालले मेला, सभा/सम्मेलन र विवाह गन्तव्यको बढ्दो माग परिपूर्तिका लागि कार्ययोजना तयार गर्न भदौ ३१ गते आइतबार काठमाडौंमा सरोकारवालाहरुको बैठक आयोजना गर्ने भएको छ ।

होटल संघ नेपालको वार्षिक कार्ययोजनाभित्र परेको यस कार्यक्रमले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा नेपाल माइस पर्यटनका लागि उपयुक्त गन्तव्यका रूपमा स्थापना गर्न सघाउ पुर्याउने छ । प्रकृतिले प्रचुर साथ दिएको नेपालमा पर्यटन बढाउन ‘माइस’ पर्यटनको विकास गर्न अपरिहार्य रहेको छ । नेपालले विश्वको व्यापारिक समुदायमा अन्तर्राष्ट्रिय सभा/सम्मेलन गन्तव्यको रूपमा लोकप्रियता हासिल गरेको परिप्रेक्ष्यमा यस कार्यक्रमबाट सरोकारवालाहरुले उपयुक्त कार्यनीति तयार गर्नेछन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

अन्तर्राष्ट्रिय स्तरको मेला, सभा÷सम्मेलनसँगै व्यापार व्यवसायको प्रवद्र्धनका लागि विदेश भ्रमणमा पठाउने प्रचलन विश्वव्यापी रूपमा अझ छिमेकका भारत र चीनमा बढ्दै गएको छ । छिमेकको भारत लगायतका देशहरुबाट बर्सेनि हजारौंको संख्यामा विवाह गर्ने जोडीहरु र उनीहरुको परिवारका सदस्यहरु नेपाल आउने क्रम बढेको हुँदा यस विधालाई थप लोकप्रिय र फराकिलो बनाउन पनि होटल संघ नेपालले आयोजना गर्न लागेको कार्यक्रमले सघाउ पुर्याउने छ ।

यस्ता मेला, सभा÷सम्मेलन, गन्तव्य विवाह तथा प्रोत्साहन भ्रमणका कार्यक्रमलाई नेपालको पहाडी तथा तराईका गन्तव्य, प्राकृतिक ट्रेकिङ क्षेत्र र धार्मिक तथा सम्पदा स्थलहरूका विभिन्न प्याकेज बनाइ कर्पोरेट कम्पनीहरूलाई आकर्षित गर्न सक्ने सम्भावना प्रवल रहेको छ भने यसका लागि सरकारी नीति नियम, थप पूर्वाधार, जनशक्ति र प्रभावकारी प्रवद्र्धनका कार्यक्रमहरुको आवश्यकता रहेको संघले जनाएको छ ।

कार्यक्रममा सदस्य होटलका प्रतिनिधिहरू, सम्बद्ध सरकारी अधिकारीहरु, विज्ञहरु, टुर अपरेटरहरू, पर्यटनसँग सम्बन्धित संघ संस्थाका पदाधिकारीहरु र सञ्चारकर्मीहरुलाई आमन्त्रण गरिएको छ भने कार्यक्रमबारे संघका कार्यसमिति सदस्य तथा संघका महिला होटल उद्यमी समितिका संयोजक विधाता श्रेष्ठ तथा सदस्यहरु अमृताञ्जली शाक्य र अस्लेसा कार्कीको प्रस्तुतीकरण रहने सो कार्यक्रम नारीहरुले हर्षोल्लाषका साथ मनाउने तीज पर्वको उपलक्ष्यमा हुन लागेको पनि होटल संघ नेपालले विज्ञप्तिमार्फत जनाएको छ ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्